सुरेन्द्र मेहता/ चिराैली। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाको उपाध्यक्ष तथा वडाध्यक्ष पदहरूमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तीन जना उम्मेदवारले एउटै चुनाव चिह्न लिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले ) परित्याग गरी उपाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हातिम अंसारी र नेकपा एमाले परित्याग गरि अन्य दुईजना फरकफरक वडामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दर्ता गराएका भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमा मिथलेश यादव , वडा नम्बर ७ मा बिनित यादव सहित तीन जनाले एउटै चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
उनीहरू तिनै जनाले एउटै चुनाव चिह्न प्रेमकाे प्रतिक ‘’गुलावकाे फुल” लिएका चुनावी मैदानमा उत्रिएको हाे ।
स्थानीय निर्वाचन अधिकृतको कार्यालय भाेक्राहा नरसिंह गाउँपालिकाकाे कार्यालयले अंसारी र यादव द्वयलाई गुलावकाे फुल चुनाव चिह्न दिएको हो ।
अंसारी नेकपा एमालेबाट अध्यक्षको आकांक्षी थिए भने यादव द्वय फरकफरक वडाका वडाध्यक्ष पदका आकांक्षी थिए ।
तर उनीहरूलाई नेकपा एमाले पार्टीले टिकट नदिएपछि उनीहरू स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा भाेक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद यादवले पालिका अध्यक्षकाे टिकट पाउने भएपछि अंसारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।भने भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षका दावेदार रहेका मिथलेश यादवलाई टिकट नदिई निवर्तमान वडाध्यक्ष बसिरूद्विम मंसुरीलाई दिएपछि यादवले पार्टी परित्याग गरेका थिए ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्षका पदका टिकट पार्टीले जगदीश यादवलाई दिएपछि विनित यादवले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
Discussion about this post