बाँके । राप्तीसोनारी गाउँपालिकाबाट सूचना लिन खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले सूचना नदिएर उल्टै मिडियालाई ‘भाते’ को संज्ञा दिएका छन् । सोधिएको प्रश्नको जानकारी नदिएरै उनले भने, ‘यहाँका मिडिया, पत्रकार सबै भाते रहेछन् । ‘गाउँपालिका आउने चार/पाँच लाखका सम्झौता गर्ने जाने गर्दा रहेछन्,’ उनले भने । पत्रकार र मिडिया सबै गाउँपालिकाको भक्तजन भएको उनले आरोप लगाए । उनले भने, ‘म सूचना दिँदैन । दिँदैन ।’
पहिला भएका विकृतिका विषयमा अहिले आफूलाई ‘कन्ट्रोल’ गर्न समस्या भएको उनले बताए । ‘भक्तजनहरु आउने लिने रहेछन्,’ उनी भन्छन्, ‘अहिले मलाई मिलाउनै समस्या भएको छ ।’ कसले तपाईंले भनेजस्तो चार/पाँच लाख लियो र भक्त भयो भन्न सक्नुहुुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् ।
गाउँपालिकाको जिम्मेवार व्यक्ति प्रमुख प्रशासकीय अधिकृत जस्तो व्यक्तिले मिडिया र पत्रकारलाई आरोप पुष्टि नगरि बदनीयत ढंगले प्रतिक्रिया दिएका छन् । उनको यो भनाइ प्रेस स्वतन्त्रता विरोधी भएको पत्रकारहरुको भनाइ छ । करित तीन महिना अघि उनी राप्तीसोनारीमा आएका हुन् ।
Discussion about this post