इनरुवा ।स्थानीय तह निर्वाचन आयोगले भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पदको स्वतन्त्र उम्मेदवार हातिम अन्सारीलाई गुलाबको फुल चुनाव चिन्ह दिएपछि घरदैलो अभियानमा जुटेका छन्।
आयोगले भोक्राहा नरसिंह गाउँपालिकाको उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका हातिम अन्सारी बुधबारदेखि गाउँपालिका क्षेत्रमा प्रचार-प्रसारमा जुटेका हुन् ।
स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हातिम अन्सारीलाई शनिबार चुनाव चिन्ह वितरण गरेको थियो । अन्सारीले आफ्नो एजेण्डाहरु पेश गर्दै घरदैलोमा व्यस्त बनेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका- ८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका अन्सारी जनताको माझ निकै लोकप्रिय बनेका छन् । वडामा विकास निर्माणको काम गरेको कारण अन्सारी अन्य उम्मेदवारहरु भन्दा बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । अभियानको क्रममा नागरिकले दु:खी भएर समस्या सुनाउदै आएकोले आफुले निर्वाचित भएपछि नागरिकको समस्यालाई क्रमश सम्बोधन र कार्वनय गर्दै जाने अन्सारीले बताए ।
भोक्राहा नरसिंह गाउँपालिकामा कांग्रेस, एमाले, एकीकृत समाजवादी, जसपा र राप्रपा लगायतका दललेले एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् ।
Discussion about this post