इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष एंव लोकप्रिय व्यक्तित्व युवा नेता रामचन्द्र यादवको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका रामचन्द्र यादवको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन ।
घरदैलो अभियानलाई निरन्तरता दिदैँ स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको तर्फबाट भाेक्राहा नरसिंह गाउँपालिका ७ को वडा अध्यक्ष पदका लागि पुनः उम्मेदवार बनेका यादवको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदैं चुनाव चिन्ह छाता छापमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।
यादवले निर्वाचित भएर आएमा वडामा नियमित सरसफाइ , कृषकलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्यालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए । भाेक्राहा नरसिंह गाउँपालिका ७ को मुख्य समस्याका रुपमा रहेको डुवान र त्यसको वर्षेनि हुने गरेको मानवीय क्षति सँगै धानबाली, तरकारी बाली लगायतका बालिमा हुनेगरेकाे क्षतिलाई न्युनिकरण र समाधान गर्नका लागी आफ्नो टिम निर्वाचित भएमा सबै समस्या समाधान गर्ने बताएका छन् । यादवले भाेक्राहा नरसिंहमा युवाको नेतृत्व पदमा आएमा भोलि वडा देशकै नमुना हुने बताएका छन् ।
भाेक्राहा नरसिंह ७ मा रहेका धार्मिक स्थल , खेलकुद मैदान , शिक्षा र त्यसको आधुनिकीकरणलाई आफुले पहिलो स्थानमा राखेर काम गर्ने बताएका छन् । भाेक्राहा नरसिंह गाउँपालिकामा अब्यबस्थित खोला तथा तथा त्यसको तटबन्धलाई समेत तिब्र बताउने उनले बताए । राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज रुपमान्तरणको मुख आधार नै राजनिति हो भन्ने उदाहरण बनाउने उनको लक्ष्य रहेको छ ।
भाेक्राहा नरसिंह ७ नम्बर वडामा रहेका मुख्य क्षेत्रलाई देशब्यापि रुपमा चिनाउन र त्यसको मर्मतका लागी वर्षेनि बजेट छुट्याएर आकर्षण बनाउने , निम्न वर्गीय र आर्थिक अवस्था कमजोर भएका हरुको लागी शिक्षा स्वास्थ्यमा सौहुलियत रुपमा समान पहुँचमा ल्याउने , सुकुम्बासी समस्यालाई समस्या नभएर समाधान तर्फ अगाडि बढाउने , कृषिलाई व्यबसायिक र आम्दानिमुलक बनाउनेमा आफ्नो भुमिका रहने उनले बताएका छन् ।
त्यस्तैगरी यादवको प्लानलमा महिला सदस्यमा प्रमिला देवी मण्डल, दलित महिला तर्फ रामवति खत्वे , खुल्ला सदस्यमा राजकुमार यादव, त्यस्तै खुल्ला सदस्यमै रामदेव मेहता रहेका छन्
Discussion about this post