टीकापुर / स्थानीय तहको निर्वाचन मात्रै एक हप्ता बाँकी रहेका बेला विभिन्न दलका उम्मेदवारले मतदाताको घरघरमा चुनाबी प्रचार प्रसार सहित मत माग्दै हिँडेका छन् । सबै उम्मेदवारले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। यसै बिचमा टिकापुर नगरपालिका वडा नम्बर ८ मा कसले बाजि मार्ला भन्ने काैतुहलता मतदातामा चलिरहेको छ। भनेलटीकापुर नगरपालिकामा मेयर ,उपमेयर र वडा नम्बर १ मा सत्तारूढ दल बिच गठबन्धन भए पनि अन्य वडामा भने स्वतन्त्र र मित्रवतरुपमा प्रतिस्पर्धा भइरहेकाे छ ।
८ नम्बर वडामा नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्रका बाट दिर्घ बहादुर ठकुल्ला अध्यक्ष पदका प्रत्यासि रहेका छन् । ठकुल्लाले अघिल्लाे स्थानिय तहकाे चुनाबमा जितेर काम गरिसकेका छन भने राष्ट्रिय आधारभुत बिद्यालयकाे अध्यक्ष , सत्ती कर्णाली उच्च माबिकाे अध्यक्ष भई सामाजिक संघसंस्थाकाे नेतृत्व सहित आबद्व भई सामाजिक सेवा गरिसकेका र सरल र मिलनसार स्वभावका साथै किसानहरु संग प्रत्यक्ष सम्पर्क रहेकाले पनि ठकुल्लालाई जित हासिलका लागि सहज हुने आंकलन गरिएको छ ।
ठकुल्ला लाई यस भन्दा अघिल्लाे स्थानिय तहकाे चुनाबमा पनि अत्यधिक मतले वडा बासिले जितएका कारण र वडामा माओबादी केन्द्र एक ढिक्का भएर चुनावमा हाेमिएकाे कारणले पनि ठकुल्लाकाे जित पक्का रहेकाे माओबादी वडा नम्बर ८ का स्थानीय तह चुनावी ब्यवस्थापन समितिका संयाेजक दिपक साउदकाे दाबी रहेकाे छ ।
साबिक धनसिहपुर गाबिस तथा वडा न ८ का स्थानिय पुराना स्थापित परिवारका पृष्ठभूमिका कारण ८ न वडाका मतदाताले यसपटक ठकुल्लालाई अधिकाँश मत जाने दावी साउदकाे रहेको छ ।
यसपटकको स्थानीय तहको चुनावमा नेकपा माअाेबादी केन्द्र एक ढिक्का भएर चुनावमा हाेमिएकाे हुनाले वडा नं ८ मा माअाेबादीकाे जित सुनिश्चित भएको माअाेबादी केन्द्र वडा नं ८ का चुनाब व्यवस्थापन समितिका संयाेजक दिपक साउदले जानकारी दिएका छन । टीकापुर नगरपालिका वडा न ८ का ठकुल्लाले यस भन्दा अगाडिको चुनाबमा अत्याधिक मत दिएर जिताएका थिए उनेले वडाकाे बिकासका लागि तत्पर भएर काम गरेका छन । उनले शिक्षा स्वास्थ्य लगायत अादिबासी जनजाति दलितका लागि थुप्रै काम गरेका छन ।अध्यक्ष पदको उम्मेदवार हेर्दा ८ नम्बरमा माओबादी केन्द्र बलियो भएको साउदले बताए ।
मेरो ठाउँलाई केही दिनुपर्छ भनेर र अघिल्लो कार्यकालमा केही काम गर्न बाकी रहेकाले फेरि यश वडाका दाेहाेरिएर ८ न वडामा अध्यक्ष उम्मेदवार छु यसपटक पनि वडावासिले मलाई मतदान गरिदिनु हुनेछ भन्ने आशामा छु,’ ठकुल्लाले भने। निर्वाचन आयोगको तथ्यांक अनुसार टिकापुर ८ मा ४ हजार ४२ मतदाता रहेका छन्। जसमा ३६ सय मत खस्न सक्ने देखिन्छ ।
Discussion about this post