इनरूवा । आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमामा थप कडाइ गर्न नेपाल – भारतका सुरक्षा प्रमुखबीच छलफल भएको बताएको छ । नेपालका तर्फबाट सुनसरी र मोरङ जिल्लाका सुरक्षा प्रमुख र भारतको अररियाका अधिकारीहरुबीच छलफल भएको हो ।
बुधबार दुवै देशका अधिकारीहरु बीच भएको छलफलमा बैशाख ३० गते नेपालमा हुने स्थानीय तहको निर्वाचनका बेला भारतीय समकक्षीलाई सहयोग गर्न आग्रह गरेका छन् । निर्वाचनको बेला सीमामा हुने विभिन्न किसिमका अपराधीक गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरेकाे सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
चुनावको बेला भारतीय नागरिकलाई नेपालमा चहलपहल नगर्न आग्रह गर्दै प्रवेश गरेकामा स्थानीय प्रशासनलाई खबर गरेर मात्रै प्रवेश गर्नका लागि आग्रह गरेका हुन् । नेपालमा लागूऔषध र हतियार प्रवेश रोक्न भारत बिहारको अररिता जिल्लाका सुरक्षा प्रमुखहरूलाई नेपाली सुरक्षा प्रमुखहरुले आग्रह गरेका छन् ।
बुधबार नेपालीरिका होटेल बिराटचौक मोरङमा भएको दुई देशका सुरक्षा प्रमुखहरूको बैठकमा नेपाली सुरक्षा अधिकारीले भारतीय सुरक्षाकर्मीसंग हतियार र लागूऔषधको चुनौती बढेको बताएका छन् । “खुल्ला सीमानाका कारण भारतबाट हतियार भित्रिने सुनसरीको प्रमुख समस्यालाई भारतीय समकक्षीसामू राखेको छु”, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, “यसमा उनीहरूले सकारात्मक आश्वासन दिएका छन्।”
सुनसरीमा बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतका सुरक्षा अधिकारीसँग बैठक बसेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका सुरक्षा प्रमुखहरुले भारतीय अधिकारीलाई नेपालमा बोलाएर स्वागत गर्दै सीमामा हुँने विविध समस्या समाधानमा सघाउन आग्रह गरेका थिए ।
“सुनसरीका लागि लाूगऔषध ठूलो चुनौती हो। हामीले पहिले पनि समकक्षीलाई भन्ने गरेका थियौं”, सुनसरीका प्रहरी उपरीक्षक सन्जयसिंह थापाले भने, “भारतबाट नेपालमा सुनसरीको बाटो हुँदै आउने धेरै लागूऔषध समातेका छौं।”
यसैगरी भारतका पदाधिकारीहरुले मदिराको तस्करी रोक्न सहयोग गर्ने बताएका छन् । मदिराजन्य पदार्थ नेपालबाट व्यापक तस्करी भइरहेकोले त्यसमा रोक लगाउन आग्रह गरेका छन्। बिहार मदिराको पूर्ण निषेधित राज्य भएकाले भारततर्फ लगिने मध्यपान नियन्त्रण, विस्फोटक पदार्थको तस्करी, अपराधिक समूहको विवरण आदानप्रदान गर्न भारतीय पक्षले आग्रह गरेका छन् ।
निर्वाचन अवधिको अघि र पछि निर्वाचन कानून र कार्यान्वयनमा, निर्वाचन बिथोल्न सक्ने तत्व बिरुद्ध कडा कारवाही गर्न, राजनीतिक, साम्प्रदायिक र जातीय तनावले निर्वाचनलाई पार्नसक्ने प्रभाव रोक्न सहयोगका लागि पनि नेपाली सुरक्षाकर्मीले भारतीय समकक्षीसंग आग्रह गरेका छन् ।
सीमामा अति विशिष्ठ व्यक्ति, अर्ध सैनिक बल र अन्य राज्यका सुरक्षा अधिकारीहरू पनि भएकाले सुरक्षामा सहयोग गर्न र सीमामा सुरक्षा तैनाथी बढाएर सहयोग गर्नपनि नेपालीले आग्रह गरेका छन् ।
भारतिय समकक्षि संगको द्विपक्षीय बैठकमा आसन्न स्थानिय तहको निर्वाचन, सिमा सम्बन्धी समसामयिक मुद्दाहरू, आसन्न स्थानिय तहको निर्वाचनमा मतदानको दिन भन्दा ७२ घन्टा अगाडि सिमा बन्द गर्ने, द्विपक्षीय रूपमा सुरक्षा सूचना आदान प्रदान गर्ने, कानून ब्यबस्था कार्यान्वयनको लागि सहकार्य गर्ने, आउदो बाढीको सन्युक्त रूपमा ब्यबस्थापन गर्ने, आबश्यकता अनुरूप विभिन्न तहमा औपचारिक तथा अनौपचारिक समन्वय एबम सूचना आदान प्रदान गर्ने सम्बन्धमा छलफल भएको बताए ।
Discussion about this post