इनरूवा । आसन्न स्थानीय तह निर्वाचनकाे लागि भाेक्रहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवारी दिएका अजमल आजाद अंसारी सहितका टिमले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
स्वच्छ, निष्पक्ष , भ्रष्टाचार मुक्त भाेक्रहा नरसिंह गाउँपालिका निर्माण गर्ने उम्मेदवारी दिएका आजाद अहिले मतदाताहरूकाे घरदैलाेमा भाेटमा माग्छ व्यस्त बनेका हन् ।
आजाद गत स्थानीय तह निर्वाचन २०७४ मा झिनो मतले पराजित भएपछि यसपालिको स्थानीय तह निर्वाचन २०७९ मा जसरी पनि जित्ने दाबी गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका भइरहेको जातीय तथा धार्मिक द्वन्द्वलाई जरैदेखि उखालेर फाल्ने बताउँदै सबै जातजाति, धर्मका व्यक्तिहरूलाई समान व्यावहार गर्ने उनलेे बताए ।
उनले भने मलाई हाेइन, पार्टीलाई जिताउनु , यसपालिको जित नेपाली कांग्रेसको जित हुन्छ, हाम्रो सरकार भाेक्राहा नरसिंह गाउँपालिकामा बन्छ ।
भाेक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको सरकार बनेपछि कुनैपनि जातजातिलाई दुःख भाेग्नु नपर्ने उनले बताए ।
Discussion about this post