इनरूवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि जिल्लास्थित सम्पूर्ण संयन्त्रहरू परिचालन गरी पूर्वतयारीका कार्यहरू भइरहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव हस्ताक्षरित सुचनामा लेखिएको अनुसार निर्वाचन आयोगद्वारा जारी गरिएको स्थानीय तह निर्वाचन आचारसंहिता, २०७८ पालना गर्ने, गुराउने सन्दर्भमा जिल्लास्तरमा राजनीतिक दल लगायत सरोकारवालाहरूसँग पटक-पटक छलफल बैठक तथा निर्णयहरू भई आचारसंहिता पालनामा प्रतिबद्धता समेत व्यक्त भएको उल्लेख गरिएको छ । यसै सन्दर्भमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनमा भाग लिने राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबै सरोकारवालाहरूको समेत महत्वपूर्ण भूमिका रहन्छ निर्वाचन आचारसंहितालाई थप प्रभावकारीरूपमा पालना गर्न, गराउन तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग पुयाउनका लागि देहायअनुसार गर्नु, गराउनु हुन सम्बद्ध सबै पक्षलाई निर्णयानुसार अनुरोध समेत गरिएको छ ।
त्यसैगरी निर्वाचन आचारसंहितालाई पूर्णरूपमा सबै पक्षले पालना गर्नु गराउन हुन, राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहितामा तोकिए अनुरूप मात्र झण्डा लगायतका निर्वाचन प्रचार प्रसारका सामग्रीहरू प्रयोग गर्नुहुन् र साँझ ७:०० बजेपछि कुनै किसिमका निर्वाचन प्रचार-प्रसारका कार्यहरू नगर्नु नगराउनु हुन् उल्लेख्य गरेका छन् ।
प्रजिअ यादवले जारी गरेको सुचना उल्लेख भएअनुसार २७ मंगलबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बेलुकी ८:०० बजेपछि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन गर्ने कार्य नगर्न, नगराउनु हुन् अनुरोध गरेको छन् । त्यस्तै ठूलो आवाजमा माइकिङ्ग गरी ध्वनी प्रदूषण गर्ने कार्य तत्काल बन्द गर्नु, गराउनु हुन् , विभिन्न किसिमका सञ्चार माध्यम, सामाजिक सञ्जाल आदि मार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायत कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचन बिरोधी सन्देश प्रवाह गर्ने जस्ता अवाञ्छित गतिविधिहरू नगर्नु, नगराउनु हुन् उल्लेख्य छ ।
उता सूचना विपरितका कार्य प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवं निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।
Discussion about this post