चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा स्थापना भएको स्थानीय निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने विषयमा सहायक निर्वाचन अधिकृत नविन काेइरलाले जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताए ।
भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।
सहायक निर्वाचन अधिकृत काेइराले भने मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने जानकारी दिए । उनलेे भने सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन ।
Discussion about this post