जुगेश दास/सुनसरी । सूनसरीकाे देवानगञ्ज गाउँपालिका वडा न-६ रा.सीमा अहिले साे बडामा कस्ले बाजि मार्ने हाे भन्ने सबैकाे चासोको बिषय समेत बनिरहेको छ । स्वतन्त्र रुपमा वडा अध्यक्ष पदकाे लागि उमेदवार दिएका किसुनदेव मेहता निकै चर्चामा रहेका छन । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका मेहताकाे छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने मेहताप्रती आम देवानगञ्जवासीको सहानुभूती छ ।
उनले आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार बनेका छन् । निरतन्तर जनता माझ घुलमिल भइरहने र समाजका लागि सामाजिक कार्यमा अग्रसर रहँदै आएकाले आम मतदाता माझ अरुको तुलनामा निकै लोकप्रीय रहेपनि उनी आवद्ध पार्टी नेपाली कांग्रेसले अरुलाईनै टिकट दिएपछि वडावासी रुष्ट बनेका थिए ।टिकट नपाएपछि मेहता मौन बसेका थिए । जनताको पक्षमा काम गर्ने लोकप्रीय व्यक्तिलाई टिकट नदिएर अन्याय गरेपछि वडावासीकै आग्रहमा उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘जनलहर मेरो पक्षमा भएपनि पार्टीले टिकट दिएन । मत चुप लागेर बसेको थिएँ ।’ उनले भने,‘वडावासीलेनै आग्रह गरेपछि उम्मेदवारी दिएको हुँ कांग्रेसले जनताले चाहेको व्यक्तिलाई पाखा लगाएर अरुलाईनै आधिकारीक उम्मेदवार बनाएपछि साथीभाई शुभचिन्तक र वडावासीले स्वतन्त्र उम्मेदवार बन्न गरेको आग्रह मेहताले नकार्न सकेनन् ।जसरी पनि जिताउने वडावासीले प्रतिवद्धतासहित उम्मेदवार बन्न आग्रह गरेपनि उनी वडाध्यक्षको उम्मेदवार बनेका हुन् । निरन्तर सामाजिक काममा सकृय रहँदै आएका मेहताको वडामा मात्र नभई सिंगो देवानगञ्ज क्षेत्रमा राम्रो प्रभाव छ । सवैसँग समान व्यवहार गर्ने, जनतासँग घुलमिल हुने र सुख, दुःखमा साथ दिँदै आएर मतदाता माझ सर्वाधिक लोकप्रीय रहेका मृहतालाई कांग्रेसले पाखा लगाएर कार्यकर्तालेसमेत नरुचाएका व्यक्तिलाई अघि सारेपछि वडावासीकै आग्रहमा आफु स्वतन्त्र उम्मेदवार बनेको मेहताले बताए ।
आफ्नो पक्षमा जनसमर्थन भएपनि कांग्रेसले अर्कैलाई उम्मेदवारको टिकट दिएर अन्याय गरेपनि न्यायप्रेमी वडावासीको आग्रहमा उम्मेदवार भएकाले आफलाई वडावासीले निर्वाचित गराउनेमा विश्वस्त छन् । उनी केही महिना पहिले सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँपालिका अधिवेशनबाट सचिवपदमा निर्वाचित भएका थिए ।
स्थानीयतहको निर्वाचनमा वडाध्यक्षको बागी उम्मेदवार बनेका मेहतालेनै जित्ने धेरैको अनुमान छ ।विभिन्नसंघ संस्थाका आवद्ध भएर निरन्तर सामाजिक कार्यहरु गर्दै आएको मेहता देवानगञ्ज पालिका -२ स्थित धार्मिक स्थल दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् ।दुर्गा मन्दिर व्यवस्थापन समितिमा आएपछि उनीसहित समितिको टिमले मन्दिरको मुहार फेरीएको छ ।
मेहताकै नेतृत्व र पहलकदमीमा सो मन्दिरमा प्रत्येक दशैँमा मनाेरजनात्म सास्कृतीक कामहरू गराउँदै आएको छ । मेहताको नेतृत्व गर्ने कुशल क्षमता र केही गरौँ भन्ने इच्छाशक्ति भएका नेता भनेर देवानगञ्ज रा.सीमा आम मतदाता माझ परिचित उनलाई यसपटक वडाध्यक्षमा जिताउने स्थानीयस्तरमा चर्चा छ ।
विभिन्न पार्टीका उम्मेदवार ठुलो रकम खर्च गरेर तामझामका साथ घरदैलो गरेपनि यतिबेला मेहता जनताको घरदैलोमा पुगेर मत माग्न व्यवस्त छन् । वडालाई नमुना वडाको रुपमा विका सगर्ने अठोट लिएका मेहता मतदातासँग आशिर्वाद लिँदै वडाका हरेक टोलका घर–घर पुगिरहेका छन् । स्वच्छ छविको पहिचान बनाएका उनलाई मतदाताले मत दिएर निर्वाचित गराउने आश्वासन दिएका छन् ।
देवानगञ्ज रा.सीमा सवै समुदायको छासमिस बसोबास छ । उनी सवै माझ लोकप्रीय छन् । मेहता उम्मेदवार बनेका कारण आफुहरु उनलाई मत दिएर जिताउन आतुर रहेको स्थानीयले बताएका छन् ।आफु निर्वाचित भएको खण्डमा वडालाई सूचना प्रविधिमैत्री नमुना वडा बनाउने मेहताले अठोट लिएका छन् ।
मेहताले आफु निर्वाचित भए आफुलाई दिएको मत खेर जान नदिने प्रतिवद्धतासहित जनता माझ पुगिरहेका छन् ।उनले वडाको चौतर्फी विकासका लागि विभिन्न योजना अघि सारेका छन् । उनले वडा कार्यालयसम्म पुग्ने जेष्ठ नागरिकहरुका लागि कर्मचारीहरु घरमै पठाएर निःशुल्क स्वास्थ्योपचारको बाचा गरेका छन् ।उनले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तासमेत घर घरमै पुर्याउने व्यवस्था गर्ने बताएका छन् । त्यस्तै मेहताले वडामा सडक, विजुली वत्ति, खानेपानी, विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर, वाईफाई र पार्क बनाउने अठाेट समेत लिएका छन ।
यस वडामा रहनु भएका किसान आमाबुवा दाजुभाई दिदिबहिनीहरुलाई सस्तो दरमा बिउ बिजन उपलब्ध गराउने ,समयमा मल उपलब्ध गराउने छु साथै उन्नत तरिकाले खेति गर्नकोलागि बिभिन्न एक्सपटहरुलाई राखेर एउटा हेल्प सेन्टरको स्थापना गराउछु र बेला बेला तालिम प्रशिक्षण दिलाऊछु र कृषि क्षेत्रमा थप अनुदान दिएर किसानहरुलाई सहायता गर्छु ।
-यस वडामा रहनु भएका आमा दिदिहरुलाई सिप मुकल तालिमहरु दिएर उहाँहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने योजनाहरु ल्याउने छु ।
-यस वडामा रहनु भएका वृद्ध आमाबुवाहरुकोलागि टोलटोलमा मिलन केन्द्रको स्थापना गर्ने छु । उहाँहरुको आत्मबल बढाउने खालाको कार्यक्रम उहाँहरुकै सल्लाहमा ल्याउने छु । उहाँहरुको वृद्ध भत्ता घर घरमा नै पुर्याईदिने ब्यवस्था गर्न वडामा एउटा हेल्प सेन्टर निर्माण गर्ने छु । साथै बर्षको दुई पटक उहाँहरुलाई सम्मानको कार्यक्रमहरु गर्ने छु ।
यस वडामा बाटो पुल लगायतको भौतिक पुर्वाधार निर्माण गर्ने छु र प्रदेश एवम सघिय सरकारसंग आवस्यक रहेको भौतिक पुर्वाधार निर्माण गर्न पहल गर्ने छु ।
यस वडामा रहेको हरेक धर्मको मठमन्दिर याेग शिविर निर्माण एवम निर्माण भएको संरचनाको संरक्षण गर्ने छु । सबैको आत्म सम्मान बढ्ने खालको काम गर्ने छु हरेक टोल टोलमा सुझाक पेटिका राख्ने छु र यस वडाको जनताको सुझाव सल्लाह अनुसार नै वडाको बार्षिक कार्य योजना निर्माण काम गर्ने छु ।
Discussion about this post