इटहरीः स्थानीय तह निर्वाचनको भाेली हुदैँछ । मतदान केन्द्र जाँदा के लान पाइन्छ के लान पाईनैन भन्ने कौतुहलता तपाईलाई पनि हुन सक्छ ।
त्यही कौतुहलतालाई मेटाउन हामीले निर्वाचन आयोगको सहयोगमा यो रिपार्ट बनाएका छौँ । साच्ची मतदानको दिन मतदान केन्द्रमा जाँदा के लान पाईन्छ अनि के लान पाईदैन त ? मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिमात्रै जान पाउँछन् ।
त्यसैगरी महिला मतदाताको साथमा रहेको बढीमा पाँच बर्षको नावालक एंवम दृष्टिविहीन वा शारिरिक अशक्त मतदातको सहयोगको लागि साथमा आएको एकाघर परिवारको सदस्यालई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ । तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए त्यस्तो व्यत्तिलाई मतदान केन्द्रमा प्रदेश गर्न मतदान अधिकृतले स्वीकृत दिन वाध्य हुँदैन् ।
मतदान केन्द्रमा प्रवेश गर्न मतदातासँग परिचयपत्र हुनुपर्छ । मतदाता परिचय पत्र नभएको खण्डमा तथा मतदाता नामावली भएको खण्डमा भने आफ्नो परिचय खुल्ने अन्य कागजात लिएर मतदान केन्द्रमा प्रवेश गर्न सकिन्छ ।
यसरी मतदान केन्द्रमा प्रवेश अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई , लाइटर जस्ता प्रज्वलनशिल एसिड पदार्थ तथा कुनै प्रकारका हात हतियार लिएर जान पाइदैन् ।
त्यसैगरी मतदाता वा अन्य कुनै व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्दा नमुना मतपत्र, लयातका कागजातहरु , कुनै राजनितिकदल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत गर्ने खालको कुनै वस्तु लैजान नपाईने निर्वाचन आयोगको भनाई छ । निर्वाचनलाई स्वच्छ, भयरहित र व्यवस्थित ढंगले सम्पन्न गर्न कानुन विपरित कुनै कार्य गरेको पाइए तत्काल कारवाही गरिने निर्वाचन आयोगले बताएको छ ।
Discussion about this post