चिराैली । स्थानीय तहको निर्वाचन २०७९ मा सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाकाे केही मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराउन नसकेको आराेप लागेको छ ।स्थानीय तहको निर्वाचनका लागि भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री जनता आधारभुत विद्यालयमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ६ का वडाध्यक्ष पदका उम्मेदवार सेराजुद्विन अंसारीले दुई पटक जबर्जस्ती मतदान गरेकोे विभिन्न दलका प्रतिनिधिहरूले आराेप लगाइएकाे हाे । मतदान स्थलमा सुरक्षाकर्मीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू भएपनि अंसारीले जबर्जस्ती दुईपटक मतदान गरेकाे कारण मतदान शान्तिपूर्ण नभएको स्थानीय मतदातासँगै विभिन्न राजनीतिक दलबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका वडाध्यक्ष पदका उम्मेदवारहरूले आराेप लगाइएका छन् ।
अंसारी माथि नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राजेश्वर प्रसाद साह, नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका बिरेन्द्र कुमार उँराव, जसपा नेपालीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका संजय साह, जनमत पार्टीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका अरूण साह, नेकपा एसका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका जलाल अंसारी र राप्रपाका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राजेश यादव सहितकाले उचित न्याँय तथा आवश्यक कारवाहीका लागि निवेदन समेत मतदान अधिकृतलाई दिएका छन् ।
Discussion about this post