सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ३ मा गठबन्धनको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान ३ नम्बरमा गठबन्धन प्यानलका विद्यासुन्दर शाक्यको प्यानलै विजयी बनेको छ ।
कार्यालयका अनुसार शाक्यले १ हजार ८० मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका प्रत्यासी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत मात्रै प्राप्त गरेका थिए ।
यस्तै, महिला सदस्यमा उषा सुब्बाले १ हजार ४२, दलित महिला सदस्यमा शोभा विकले १ हजार ८३, खुल्ला सदस्य एकल चिह्नमा मनिष खड्गीले ११ सय ६ र दोहोरो चिह्नका मिङ्मा भोटले ९९९ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
३ नम्बर वडामा कुल मत ३१ सय २१ मतमध्ये शुक्रबार सम्पन्न निर्वाचनमा १९ सय ८७ मत खसेको थियो । २० वडा रहेको धरानमा हालसम्म २ नम्बर वडाको पनि मतपरिणाम आइसकेको छ ।
त्यस्तै १ नम्बर वडाको आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपालका अनुसार हाल १ नम्बर, ४ र ५ नम्बर वडाको मतगणना भइरहेको छ ।
Discussion about this post