काठमाडौं । सुनसरीको इटहरी उपहानगरपालिकामा ५७०० बढी मत गणना भएको छ । अहिलेसम्मको गणनामा कांग्रेसका हेमकर्ण पौडेल ३०२१ मतसहित अग्रस्थानमा छन् ।नेकपा (एमाले)का एमकुमार चुङ्गावाङ सुब्बाले २२९४ मतसहित पौडेललाई पछ्याइरहेका छन् ।
अन्य पार्टीका उमेदवार प्रतिस्पर्धीका रूपमा देखिएका छैनन् । यस्तै, उपप्रमुखमा एमालेकी संगिताकुमारी चौधरी २५१९ मतसहित अग्रस्थानमा छिन् । गठबन्धनका तर्फबाट चुनाव लडेका नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १९२४ मत पाएका छन् ।
Discussion about this post