इनरूवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नं १ बाट नेपालि कांग्रेसको तर्फ बाट वडा अध्यक्ष पदका विजेता प्रमोद पोखरेलले आफ्नो बिजय जुलुस सुरु गर्नु आगावै ईनरुवा १ शान्ति चोकको बिच बाटोमा भएको खाल्डो पुर्ने कार्यको थालनि गरेपछि मात्र विजय जुलुस निस्किएको थियो । केहि महिना अगावै देखि सो चोकको बिचमा खाल्डो रहेको थियो । सो खाल्डोको कारण उक्त मार्ग बाट हिडने मोटरसाईकल हरु दुर्घटना हुने र आवत जावत गर्ने सवारि साधनहरु ले कठिनाईको भोग्नु पर्दै आएको थियो । आज ईनरुवा वडा नं १ मा नेपालि कांग्रेस को वडा अध्यक्ष सहित सबै स्दस्यहरु विजय भएका थिए । नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको सकृयतामा उक्त कार्य सम्पन्न भएको थियो । उक्त खाल्डोको बारेमा पटक पटक अनुरोध गर्दा पनि निर्माण भएको थिएन र आजै सम्भावित विजेता प्रमोद पोखरेललाई अनुरोध गरेपछि वहाले तुरुन्त सकारात्मक रुपमा लिनु भएको थियो र तत्कालै योजना बनाएर नेपालमा पहिलो पटक जनप्रतिनिधि बाट यो कार्य सम्पन्न गरायौ । हामिले नेता हरुलाई गालि गर्नु भन्दा पहिला उनिहरुले के कसो काम गर्दै छन त्यसको निरक्षण र खबरदारि गर्नु पर्छ , त्यसो गर्दा पनि काम भएन भने मात्र अन्य कुरा भन्नु पर्छ । यो अभियान नेपालमा नै प्रथम पटक ईनरुवा १ बाट शुरु भएको छ यसको उदाहरण लिएर देशै भरिका नेता र जनताले यस्तै कार्य गर्नु पर्छ , हामि धेरै खुशि छौ भन्दै महास्ंघका अध्यक्ष अरुण प्रधानले प्रतिकृया व्यक्त गर्नु भयो।
वडा अध्यक्ष प्रमोद पोखरेल संगै सदस्यहरुमा नेपालि कांग्रेसका दिलिप पोद्दार, प्रदिप ढकाल, कमला दहाल खतिवडा, कविता शर्मा खत्वे विजयि हुनु भएको थियो ।
Discussion about this post