काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मतगणना जारी छ ।
पछिल्लो नतिजा अनुसार उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलले अग्रता लिँदा उपप्रमुखमा भने एमाले अगाडि बढेको छ ।
प्रमुख पदमा गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार हेमकर्ण पौडेलले चार हजार १६८ मत प्राप्त गरेका छन् । यता, एमालेका उमेदवार याम कुमार चुङ्गवाङ सुब्बाले भने तीन हजार १५३ मत प्राप्त गरेका छन् । राप्रपाका आकाश हाङ्ग लिम्बूले ४१७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धन उमेदवार पछाडि परेका छन् । एमाले उमेदवार संगीता कुमारी चौधरीले ३ हजार ४८९ मत प्राप्त गर्दा गठबन्धन उमेदवार नेकपा (एस)का उमेदवार केशवकुमार विष्टले २ हजार ५९७ मत प्राप्त गरेका छन् ।
राप्रपा उमेदवार वविता कुमारी चौधरीले ५३० मत प्राप्त गरेकी छन् ।
Discussion about this post