मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ५ मा नागरिक उन्मुक्ति पार्टीको पुरै टिम बिजय भएकाे छ । गत पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ ।सत्तारुढ गठबन्धन सहित पुराना दलका उम्मेदवार लाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार बलविर थारु सहित उनको पूरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।
यश पछि वडा नम्बर ३ काे मतगणना हुने जनाइएको छ ।
Discussion about this post