टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा न ९ को वडाध्यक्षमा नेकपा माअाेवादी केन्द्रका लाैटन चौधरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजय धामीलाई पराजित गर्दै उनी ७ सय १६ मतका साथ विजयी भएका हुन् । धामीले ५ सय १३ मत प्राप्त गरेका थिए ।
त्यसै गरी महिला सदस्यमा माओवादी बाट नै महिला सदस्य लालि चाैधरि दलित महिला सदस्य दिलु विक ,सदस्यमा किरण चाैधरि र भरत साउँद विजयी भएका छन् । वडा नं ९ मा १ हजार ८ सय ७ मत खसेको थियो । यस अधि २०७४ को स्थानीय चुनावमा पनि चाैधरि माओवादी बाट विजय भएका थिए ।
Discussion about this post