इनरुवा । सुनसरीको गढी गाउँपालिकाको वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । स्थानीय तहको निर्वाचनमा वडा नं. २ को अध्यक्षमा प्रभाकर माझीले जित हासिल गरेका छन् । आफ्ना निकटतम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका ओमप्रकाश यादवलाई ५३६ मतले पराजित गर्दै प्रभाकर माझी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माझीले १५६९ मत ल्याउँदा यादवले १०३३ मत ल्याएका छन् । अध्यक्षमै प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार गुलाबचन्द चौधरीले ८१६ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार चिरनकुमार चौधरीले ३१५ मत ल्याए ।
वडा नं. २ को खुल्ला महिला सदस्यमा एमालेकै नानीमैया धिमाल, खुल्ला सदस्यद्वयमा उपेन्द्रप्रसाद यादव र देवनारायण मण्डल, दलित महिला सदस्य फुलोदेवी ऋषिदेव विजयी भएका छन् ।
गढी गाउँपालिकाको वडा नं. १ नेपाली कांग्रेसले जितेको छ । एक नं. वडामा कांग्रेसका प्रदीपकुमार चौधरीले २११५ मत ल्याएका विजयी भएका छन् । वडामा एमालेका निरजकुमार चौधरीले १५८९ मत प्राप्त गरेका छन् ।
Discussion about this post