इनरूवा । देवानगन्ज गाउँपालिकामा जनता समाजवादी नेपाल जसपाको प्यानल विजयी भएको छ।नेपाली काँग्रेसको गढ मानिने देवानगन्ज गाउँपालिकामा जसपाको विजय भएको हो।पालिका अध्यक्षमा जसपाका वेचन मेहता उपाध्यक्षमा काँग्रेसका कुमारी बिभा यादव विजय हासिल गर्नुभएका छन्। त्यसै गरि वडाहरूमा वडा नम्बर १ मा काँग्रेसका सूर्य नारायण पाल, वडा नम्बर २ मा नेकपा एमालेका जग नारायण मेहता, वडा नम्बर ३ मा जसपाका अनिल भगत, वडा नम्बर ४ मा जसपाका सुशील मेहता, वडा नम्बर ५ मा नेकपा एमालेका मनोज मण्डल, वडा नम्बर ६ मा जसपाका हरिनन्दन मेहता र वडा नम्बर ७ मा सूर्य नारायण यादव विजय हुनुभएको छ। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले ७ वडा मध्ये ६ वडा सहित निर्वाचित भएका थिए।
Discussion about this post