लाैकही । सुनसरीको कोशी गाउँपालिकामा बिबादका कारणले मतगणना स्थगित भएको छ । कोशी गापा ५ मा रिपोर्ट भन्दा मत बढी भेटिएकोले नेकपा एमालेका एजेन्टहरुले छानबिनको माग गर्दै हो-हल्ला गरेकाले गाउँपालिकामा मतगणना स्थगित भएको हो । कोशी गाउँपालिका वडा नम्बर ५ मा रिपोर्ट भन्दा ८ मतपत्र बढी भेटिएको दाबी सहित नेकपा एमालेका एजेन्टहरुले छानबिनको माग गर्दै हो-हल्ला गरेकाले राती १० बजेबाट स्थगित भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्षका उम्मेदबार देवकृष्ण यादव र एमालेका अजय कुसियैतले मतगणनामा धाधलीको आशंका गर्दै निर्वाचन अधिकृतलाई निवेदन समेत दिएकोे जनाएको छ । निवेदन र विहान देखी दिउसोसम्म उम्मेदबारहरुको बीचमा भएको सर्वपक्षिय छलफलमा मत पत्र बढी भेटिएको विषयलाई निर्वाचन आयोगमा पठाउने र माथिबाट आउने आदेश वा निर्णय अनुसार अगाडि बढ्ने बिषयमा छलफल भएको छ ।
मुचुलका गर्दाको बखत र गणनामा देखिएको बढी मतपत्रले शका उत्पन्न भएको एमालेका अजय कुसियैतले बताउनुभयो । वहाँले मतगणनामा पूर्ण धाधलीको दावी गर्दै निर्बाचन आयोग र अधिकृतको पनि संलग्नता रहेको आरोप लगाउनुभएको छ ।
स्थानीय कर्मचारीलाई खटाएर मतदानदेखी गणनासम्ममा परिचालन गराएकाले पूर्ण धाधली भएको आफ्नो दावी रहेको कुसियैतको भनाई छ ।
यता निर्वाचन अधिकृत एकराज अधिकारीले सुचारुको विषयमा छलफल भईरहेको प्रतिकृया दिनुभएको छ ।
Discussion about this post