सुनसरी । मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका प्रमुखमा ८ हजार २ सय ९९ मत ल्याएर कांग्रेसका जितनारायण थापा मगर निर्वाचित हुनुभएको छ ।
प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरेर पराजित हुनुभएको छ । उपप्रमुखमा कांग्रेसकै अमृताकुमारी गच्छदार निर्वाचित हुनुभएको छ । गच्छदारले उपाध्यक्षमा ९ हजार ५० मत ल्याएर निर्वाचित हुनुभएको छ ।
गच्छदारकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गर्नुभयो ।
Discussion about this post