सुनसरीको रामधुनी नगरपालिकाका नेकपा एमालेका नगर कमिटी अध्यक्ष योगेन्द्र खडकाले आफनै वडामा तेस्रो स्थानमा पुग्दै लज्जास्पद हार व्योहोरेका छन् ।
रामधुनी ९ नम्बर वडामा एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार रहेका खडकालाई नेकपा एकिकृत समाजवादीका युवा नेता धनश्याम चौधरीले फराकिलो मत अन्तरले पराजित गरेका हुन्।
रामधुनी निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामको अन्तीम नजिता अनुसारलाई नेकपा एसका धनश्याम चौधरीले १६७२ मत ल्याएर निर्वाचित हुदाँ नेपाली काग्रेसका उम्मेदवारले ५८९ मत ल्याउदा एमालेका नगर अध्यक्ष खडकाले ५५० मत प्राप्त गरेका थिए ।
वडासदस्य पदमा नेकपा एसका दिपबहादुर कार्कीले १४६० अर्का सदस्य भिमा थापा घिमिरेले १३१५, महिला सदस्य लाल कुमारी चौधरीले १५०० र दलित महिला सदस्य सरिता सदाले १४७६ मत ल्याएर निर्वाचित नेपाली काग्रेसका उम्मेदवाहरु ६ सयको हाराहारीमा मत ल्याउदै दोस्रो हुदा हुदा एमालेका उम्मेदवारहरुले ५ सय भन्दा कम मत ल्याउदै तेस्रो स्थानमा चित्त बुझाएका छन्।
Discussion about this post