इनरूवा । सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनीता कुमारी मेहता विजयी भएका हुन् ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा केदार भण्डारीले ११ हजार ८ सय २४ मत र उपप्रमुख पदमा विनीता कुमारी मेहताले ११ हजार ४ सय ८० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा विजयी भएका केदार भण्डारीको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सरोज कुमार पोखरेलले ९ हजार ५३ मत प्राप्त गरी पराजित भएका छन् । नवनिर्वाचित नगर प्रमुख भण्डारीले २ हजार ७७१ मतान्तरले बिजयी भएको हो ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट इनरुवा नगरपालिकाकोा उपप्रमुख पदमा विनीता कुमारी मेहताकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सहजादी प्रविनले ९ हजार ५ सय ३७ मत प्राप्त गरी उनीसँग पराजित भएकी छिन् ।
उपप्रमुखमा मेहताले १ हजार ९४३ मतान्तरले बिजयी भएकी हुन् । नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख , वडाध्यक्ष र सदस्यहरुले इनरुवाबासीसँग खुसीयाली साटासाट गर्दै विजयी जुलुस निकालेर इनरुवा नगर परिक्रमा गरेका छन् ।
Discussion about this post