इनरुवा । नेपाली कांग्रेस सुनसरीले जिल्ला सदस्यमा दुईजना युवा नेतालाई मनोनित गरेको छ । नेपाली कांग्रेस सुनसरीले युवा नेता इनरुवा–३ निवासी धिरज भट्टराई र इनरुवा–१ निवासी सम्यम कोइरालाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित मनोनित पत्रमा उनीहरुलाई नेपाली कांग्रेस सुनसरीको जिल्ला सदस्यमा मनोनित गरिएको हो ।नेपाली कांग्रेसका युवा नेता धिरज भट्टराई नेपाली कांग्रेस इनरुवा नगरका पूर्व सचिव हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर–४ को सचिव पदमा पराजित भएका थिए ।
पराजित भएका भट्टराई निराश नभई पार्टीको कामप्रति इमान्दार वफादार भएर लागि परेका छन् । नेपाली कांग्रेसप्रति आस्था राखी सुनसरीभरमा कांग्रेसी नेताहरुलाई जिताउने डिजाइनरका रुपमा पनि परिचित छन् ।
२०७९ को निर्वाचनमा पनि भट्टराईको अथक प्रयास, मेहनत र चुनावी मैदानमा उत्रिएका कांग्रेसी नेताहरुलाई जिताउन अहम भूमिका खेलेका थिए । तथापी इनरुवा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा पाँच वटा वडाहरुमा वडाध्यक्ष जिताउने डिजाइनरका रुपमा अहिले उनको चर्चा सुरु भएको छ ।
युवा नेता भट्टराई र कोइरालालाई नेपाली कांग्रेसको आदर्श, सिद्धान्त,मूल्य, मान्यता तथा विद्यान, नीती र निर्णयको अधीनमारही आफनो कार्य सम्पादन गर्ने गरी जिल्ला सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।
Discussion about this post