रबिन्द्र यादव / नवलपरासी पश्चिम । पुर्व-पश्चिम महेन्द्र राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।
आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी भ्रमणमा आएको बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।
शहीका अनुसार दुर्घटनामा घाइतेहरुको हात खुट्टा आखामा चोटपटक लागेको हो । अहिले सबैको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।
Discussion about this post