मान बहादुर ठकुल्ला
राजापुर / बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं.८ मा समुदाय स्तरिय विपद् व्यवस्थापन समितीका पदाधिकारीहरुलाई विपद जोखिम हस्तान्तरण क्षमता अभिवृद्धि तालिम आज समापन भएको छ । प्राक्टिकल एक्सन नेपालको सहयोग र उज्यालो बहुउद्धेश्यी सहकारी संस्था लिमिटेडको समन्वयमा दिदि बहिनी साना किसान कृषि सहकारी संस्थाको आयोजनामा २ दिने विपद् जोखम हस्तान्तरण क्षमता अभिवृद्धि तालिमको अयोजना भएको छ । पश्चिम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचांकको आधारमा बाढी बिमा कार्यत्रम अन्तरगत बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ८ धोबिनपुर र फत्तेपुर समुदायमा रहेका समुदाय स्तरिय विपद् व्यवस्थापन समितीका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको कार्यक्रम संयोजक हेमन्तराज जोशीले जानकारी दिनु भयो । तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीका महामन्त्री लोकराज जोशीले सहजिकरण गर्नु भएको छ ।
Discussion about this post