मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधिसहित ४ जनालाई पक्राउ गरेको छ। शनिवार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट शसस्त्र प्रहरी बल बिओपी खक्राैलाकाे टाेलीले उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन्। उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको शसस्त्र प्रहरी बल बिओपी खक्राैला प्रमुख धन बहादुर सिहले जानकारी दिएका छन ।
Discussion about this post