शुभ नारायण यादव /सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा जसपाको छाता चुनाव चिन्हबाट मेयर पदमा भिमराज यादव र उपमेयर पदमा इसरत प्रबिण बिजय भएको छ । सप्तरीके केन्द्र बिन्दु मानिएकाे राजविराज नगरपालिकाकाे सम्पन्न मत गणना अनुसार जसपा नेपालबाट मेयर पदका उम्मेदवार भिमराज यादवले ९ हजार ३ सय ४६ मत ल्याएर विजय भएका हुन भन्ने उनकाे निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय ६६ मत प्राप्त गरेका छन । यसैगरी उपमेयरमा जसपा नेपालकै इसरत प्रविणले ६ हजार ९ सय ८३ मत ल्याएर विजयि भएको हाे । उपमेयरकाे निकतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस कि उपमेयर सुशिला यादवले ४ हजार ३ सय १५ मत प्राप्त गरेकि छिन । राजविराज नगरपालिकाकाे सम्पन्न मत गणना अनुसार जसपा नेपालका भिमराज यादवले ४ हजार ५ सय ८० मत ल्याएर विजयि भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post