इनरुवा । सुनसरीको दुहवी क्षेत्रमा इन्नेटरनेट सेवा प्रभाव गर्ने क्लासिक टेक प्रालि विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । सेवाग्राही दुहवी टाईम्सका संचालक आषिश कुमार यादवले क्लासिक टेक प्रालिले वार्षिक शुल्क एक मुस्ट लिएको तर हप्तौ र महिनौसम्म नेट सेवा अवरुद्ध भएकाले पत्रिका र अनलाईन तथा अन्य सेवा समेतमा असर पछि एक महिनामा पाँच हजार बढी आर्थिक क्षेत्री र अन्य क्षती समेत भएकाले क्षतीपुर्तीको माग गर्दै प्रालि विरुद्ध उजुरी उजुरी गर्नुभएको हो । यादवले सर्वधारणलाई मात्रै नभई एउटा मिडिया समेतलाई ठगी गरेकाले हदैसम्मको कार्वाही र ठगिएको रकम फिर्ताको समेत माग गर्नुभएको छ । यादवले पछिल्ला वर्षहरुमा देश भित्र इन्टरनेट सेवा उपभोग गर्नेहरुको संख्या बढ्दै गएको र इन्टरनेट सेवा प्रदायकहरुको संख्या पनि बढिरहेको बेला पैसा तिरे अनुसारको सेवा प्राप्त नहुँदा सेवाग्राहीको गुनासो झन् तिव्र रुपमा बढ्दो रहेको र आफै ठगीमा परेकाले न्याँयका लागि उजुरी गरेको बताउनुभयो ।
यादवले दिनुभएको उजुरी माथि प्रशासनले इलाका प्रहरी कार्यालय दुहवीलाई पत्र लेख्दै समन्वय गर्न आदेश दिएको छ । यादवले समस्या समाधान नभएको खण्डमा अदालत जाने चेतावनी दिनुभयो ।
इन्टरनेट सेवा प्रदायकमा क्लासिक टेकविरुद्ध सबैभन्दा बढी उजुरी
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा क्लासिक टेक प्रा.लि. विरुद्ध गत आर्थिक वर्ष सबैभन्दा बढी ४५ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस कम्पनी विरुद्ध मात्र ४ वटा उजुरी परेका थिए ।
वर्ल्डलिंक कम्यूनिकेशन विरुद्ध गत आर्थिक वर्ष २०७७/७८ मा ४२ वटा उजुरी परेका थिए । इन्टरनेटको स्पीड कम भएको सम्बन्धमा बढी उजुरी परेको प्राधिकरणले जनाएको छ । यस्तै भायनेट कम्यूनिकेशन विरुद्ध ३४ वटा उजुरी प्राधिकरणमा दर्ता भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको गुनासो व्यवस्थापन प्रणालीमा सेवाग्राहीहरुले सिधै सेवा प्रदायकविरुद्ध उजुरी तथा गुनासोहरू दर्ता गर्ने गरेका छन् ।
गत आर्थिक वर्षमा नेपाल टेलिकम, एनसेल र १६ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुविरुद्ध ३ सय ९ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने विभिन्न १० वटा कम्पनी विरुद्ध ९९ वटा उजुरी परेका थिए ।
परेका कतिपय उजुरीहरू फोनबाटै सल्टाउने गरे पनि केही समस्याबारे अनुगमन र अनुसन्धान गरी कारबाही गर्ने गरेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले २ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी र १६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध परेका उजुरीको अभिलेख उपलब्ध गराएको छ ।
उजुरीकै आधारमा पछिल्लो पटक एनसेललाई प्राधिकरणले कारबाही समेत गरेको छ ।
नेपाल टेलिकम बिरुद्ध सबैभन्दा बढी उजुरी
सरकारी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमबिरुद्ध गत आर्थिक वर्ष २०७७/०७८ मा ८२ वटा उजुरी दर्ता भएका छन् । यसअघिको आर्थिक वर्षमा सो कम्पनीविरुद्ध ५१ वटा उजुरी परेका थिए । गत आर्थिक वर्षमा निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबिरुद्ध २६ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षमा सो कम्पनीविरुद्ध २५ वटा मात्रै उजुरी परेका थिए ।
दूरसञ्चार कम्पनीविरुद्ध पर्ने उजुरीहरुमा सबैभन्दा बढी बिलिङ/ब्यालेन्स सम्बन्धी रहेका छन् । सिमकार्डको उपलब्धताबारे पनि थुप्रै उजुरी पर्ने गरेका छन् । यस्तै डाटा प्याकेजको समस्या, रोमिङको समस्या, ल्याण्डलाइन समस्या, मर्मत समस्याबारे पनि उजुरी पर्ने गरेका छन् । दूरसञ्चार कम्पनीविरुद्ध पर्ने सबैभन्दा ठूलो उजुरी डाटा प्याकेजसम्बन्धी रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले पर्ने उजुरीहरूमा डाटा प्याकेजको उजुरीको छानबिन गर्न अली समय लागे पनि अन्य समस्याहरु सहजै समाधान हुने गरेको बताए । उता सरकारी विवरण अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा इन्टरनेट सेवा प्रदायकविरुद्ध करिव २ सय उजुरी परेका थिए । जसमध्ये दुरसञ्चार प्रदायक कम्पनीविरुद्ध एक सय भन्दा बढी उजुरी दर्ता भएका थिए ।
Discussion about this post