मान बहादुर ठकुल्ला ।
टीकापुर विश्व बाताबरण दिवशको अवसर पारेर कैलाली र बर्दिया जिल्लाका बाढी प्रभाबित समुदायमा कृतिम नमुना घट्ना अभ्यास गरिने भएको छ । प्राक्टिकल एक्सन नेपाल र सामाजिक बिकास अनुसन्धान केन्द्र बांकेको साझेदारीमा संचालित नेपाल बाढी उत्थानशिल परियोजना अन्तरगत कैलाली र बर्दियाका बाढी प्रभाबित समुदायमा कृतिम घट्ना अभ्यास गरिन लागेको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले जानकारी दिएका छन । कैलालीको टीकापुर नगरपालिका जानकी गाउपालिका ३५ वटा समुदायमा र बर्दिया जिल्लाको राजापुर नगरपालिका का २४ वटा गेरुवा गाउपालिका १४ वटा समुदाय र मधुवन नगरपालिका को ५ वटा समुदाय गरि ७८ वटा समुदायमा कृतिम घट्ना अभ्यास गरिन लागेको नेपाल बाढी उत्थानशिल परियोजनाका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले जानकारी दिनु भएको छ । कृतिम घट्ना अभ्यासका लागि समुदाय स्तरमा तयारी पुरा गरि सकेको र समुदाय स्तरमा रहेका सामग्री समेत चेक जांच गरि सकेको सामाजिक परिचलक अन्जु चौधरीले जानकारी दिईन । कृतिम घट्ना अभ्यास लाई सफल पार्नका लागि समुदाय स्तरमा रहेका विपद्र व्यवस्थापन समितीका २ जनाका दरले सबै समुदायबाट सहभागि गराई अभिमुखिकरण समेत गरिएको जानकारी दिएका छन । जेठक २२ गतेका दिन परेको विश्व बाताबरण दिवशमा हुन लागेको कृतिम घट्ना अभ्यासमा दुवै जिल्लाका स्थानिय निकायका प्रतिनिधि प्रहरी प्रशासन समेतको सहभागिता रहने कार्यक्रम संयोजक ठगुन्नाले बताउनु भयो ।जसका लागि जल तथा मौसम विज्ञान बिभाग लगायत प्रहरी प्रशासन र स्थानिय निकाय संग समन्वय समेत गरिएको ठगुन्नाले बताए । कृतिम घट्ना अभ्यास सन २०१५ देखि समुदाय स्तरमा गरिदै आएाको हो ।
Discussion about this post