इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउॅपालिकाको गाउॅपालिकाको सभाहलमा दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
हिजो शनिबार र आइतबार संचालन भएको उक्त तालिममा प्रदेश योजना आयोगको सदस्य नारायण कोईराला, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, तेह्रथुमका जिल्ला समन्वय अधिकारी एवम् म्याङलुङ नगरपालिकाका प्रप्रअ गिरीराज भट्टराई, गाउॅपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र लेखा अधिकृत महेश राना मगर, अधिवक्ता पंचदेव मेहता, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत प्रदिप गौतम र कानुन अधिकृत निर्मल भट्टराई, आर्थिक मामिला मन्त्रालयका लेखा अधिकृत मनोज निरौला, देवानगंज गाउॅपालिकाको नायब सुब्बा प्रसन्नध्वज कार्की समेतले देहायका बिषयहरूमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन सत्रमा गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुरू मै अभिमुखिकरण तालिम दिइएकोले गाउॅपालिकाको सेवा प्रवाहमा सहजता आउने विचार ब्यक्त गर्नुभयो । एकदमै सान्दर्भिक समयमा तालिम आयोजना गरेकोमा प्रमुख प्रशासकीय अधिकृत लगायतको कर्मचारी टिम प्रति वहाॅले कृतज्ञता समेत ज्ञापन गर्नुभयो । सहभागीको तर्फबाट वडाध्यक्ष हारून अंसारीले तालिमले सबै जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गरेकोले तालिममा सिकेका कुराहरूलाई ब्यहबारमा रूपान्तरण गर्न पर्ने धारणा राख्नु भयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले बिदाको दिन दुई दिनसम्म दिनभर समय दिइ तालिममा सक्रिय सहभागिता जनाउने प्रशिक्षकहरू, जनप्रतिनिधि, कर्मचारीहरू प्रति हार्दिक आभार प्रकट गर्दै गाउॅपालिकाको समग्र सेवा प्रवाहमा सबैले प्रतिबद्ध भएर आ आफ्नो भुमिका निर्वाह गर्न पर्ने बताउनुभयो ।
तालिममा गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराॅव, सबै वडाध्यक्षहरू, सबै वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, सबै कर्मचारीहरू गरी १ सय २७ जनाको दुइ दिन सम्मै सक्रिय सहभागिता रहेको थियो ।
साे तालिममा तल उल्लेखित विषयहरूमा प्रशिक्षण दिएको थियोे ।
क) गाउॅपालिकाको काम कर्तब्य र अधिकार
ख) वडा समिति, वडा कार्यालय, वडा सचिवको काम कर्तब्य र अधिकार
ग) गाउॅपालिकाका पदाधिकारीहरू अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृतको काम कर्तब्य र अधिकार
घ) गाउॅपालिकाबाट सम्पादन हुने न्यायिक कार्य
ङ) गाउॅपालिकाको वित्तिय अधिकारक्षेत्र र आर्थिक कार्य प्रणाली
च) नीति तथा कार्यक्रम
छ) बजेट तर्जुमा
ज) मध्यकालिन खर्च संरचना
झ) लैङ्गिक उत्तरदायी बजेट
ञ) स्थानीय तहमा बिपद ब्यबस्थापन
ट) गाउॅपालिकाको सेवा प्रबाहको अवस्था
ठ) स्थानीय तहमा कानून तर्जुमा र कार्यान्वयन
Discussion about this post