शुभ नारायण यादव/ सप्तरी । सप्तरीको महादेवा गाउपालिका वडा न. १ स्थित जनचेतना रा.प्रा.वि.बल्थीमा खाजा कार्यक्रममा अनियमितता तथा भ्रष्टाचार भएको स्थानिय अभिभाबकको आरोप छन । सो विधालयका प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विधालयका १ सय ३० जना विधार्थीलाई खाजा उपलब्ध नगराएको विधालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले बताउनु हुन्छ । सो विधालयमा बाल,विकासमा १० जना,कक्षा १मा ३० जना, कक्षा २मा २५ जना, कक्षा ३ मा २३ जना, कक्षा ४ मा २४ जना, कक्षा ५मा १८ जना बिधार्थी अध्ययनरत छन । प्रति विधार्थी १५ रुपैयाँको दरमा सामग्री खरीद गरिने गरेको बि.ब्य.समितिका सदस्य सुमित्रादेवी सदाले बताईन । केही दिन अधि खाजा कार्यक्रमको लागी २२ हजारको खाजाको सामग्री राजविराजवाट खरीद गरी ल्याएको समान विधालय प्रशासनको मिलिभगतमा चोरी भएको बिःब्यःसमितिका सदस्य अमलादेवी सदाको आरोप छन । उहाँका अनुसार खाजा कार्यक्रमको लागी २२ हजारको समान हामो्र पहलमा ल्याएको बताइन । स्थानिय अभिभावक मोहमद दाउदका अनुसार विद्यालयको पाठ्यपुस्तक खरीदमा समेत अनियमितता तथा भ्रष्टाचार भएको बताउनुहुनछ । नयाँ शैक्षिकसत्र शूरु भए पनि सप्तरीमा अझै पाठ्यपुस्तकको अभाव रहेको छ । समयमै पाठ्यपुस्तक नपाउँदा सप्तरी जिल्लाका १ लाख भन्दा बढी विद्यार्थीको पठन पाठन प्रभावित भएको थियो । जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजी विद्यालय छन् । सामुदायिक तर्फ १ देखि १० कक्षासम्म १ लाख ७ सय ६ तथा निजी विद्यालय तर्फ ३४ हजार ६ सय २९ विद्यार्थी अध्ययनरत छन् ।
Discussion about this post