सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डाक्टर करण यादवलाई भेट्न आएकी एक युवती उनले गरेकी आत्महत्याको प्रयास र त्यसपछिको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा करण यादवलाई काठमाण्डौबाट भेट्न आएकी पर्सा वीरगन्ज घर भएकी २७ वर्षीय प्रकृति सुवेदी गएको बुधवार झुन्डिएर आत्महत्याको प्रयास गरेकी थिइन् ।
गम्भीर अवस्थामा उद्धार गरी उनको प्रतिष्ठानको सघन आइसियु कक्षमा उपचार भइरहेको थियो भने उनको उपचारको क्रममा शुक्रवार बिहान करिब साढे ४ बजे मृत्यु भएको ईलका प्रहरी कार्यालय धरानले जनाएको छ।
ईलाका प्रहरी कार्यलय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार डा यादव र मृतक युवती प्रेमी प्रेमिका रहेको खुलेको बुझिएको छ । गएको मङ्गलवार डा यादवलाई भेट्न आएकी ती युवतीलाई डाक्टरले धरान १० स्थित जनहित होटलमा आफ्नै नाममा कोठा बुक गरेर राखेको खुलेको थियो । सोही कोठामा बुधवार दिउँसो १ बजेको समयमा गम्भीर अवस्थामा युवती फेला परेसँगै डा यादवलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
रौतहटको पौरही ५ मा विवाह गरेकी ती युवतीलाई तन्नाको पासो लगाएर आत्महत्याको प्रयास गरेकी भनिएपनि उनका आफन्हरुले आफना चेली कुनैपनि हालतमा आतमहत्या गर्न नसक्ने बताउदै आएका छन ।
मृतक सुबेदीका दाजु प्रशान्त सुबेदीले डा यादव माथी आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दिएको र उक्त मद्धामा अनुसन्धान थालिएको धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन ।
Discussion about this post