इनरूवा । भोक्राहा नरसिंह गाउॅपालिका सुनसरीले आगामी आब ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा दोस्रो चरणको अन्तर्क्रिया, छलफल र सुझाव संकलनको काम सम्पन्न गरेको छ ।
गाउॅपालिकाको सभाहलमा गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादज्यूको अध्यक्षतामा आइतबार आयोजना भएको उक्त कार्यक्रममा गाउॅपालिका उपाध्यक्ष सुनिताकुमारी उराॅव, निबर्तमान गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गरेकाे थियो । छलफलको क्रममा १५ जना सहभागीले विभिन्न सुझावहरू राखेको थियो ।
प्राप्त सुझावहरूलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने तथा शैक्षिक अवस्थाको सुधार गर्नु गाउॅपालिकाको मुख्य आवश्यकता रहेको धारणा राख्दै एक वडा एक सुधारिएको विद्यालय, एक वडा एक अंग्रजी माध्यमको सामुदायिक विद्यालय, उच्च स्तरिय शैक्षिक सुधार टोली गठन, दण्ड पुरस्कारको ब्यबस्था लगायतको कार्य गाउॅपालिकाले प्राथमिकतामा राखेकोले उक्त कार्यमा सबै राजनीतिक दल, सरोकारवालाको साकारात्मक साथ, सहयोग, समन्वयको अपेक्षाको आग्रह गर्दै गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रम समापन गरेकाे थियो।
Discussion about this post