रबिन्द्र यादव / नवलपरासी पश्चिम । मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिम जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई जलकुम्भी झारले अवरोध गरेपछि बुधबार सुरक्षाकर्मीले सरसफाइ गरेका हुन । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा करिब डेढ किलोमिटरमा फैलिएको जलकुम्भी झारलाई नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका जवानले सरसफाइ गरेका सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी रोशन घिमिरे बताएका हुन । तिनै सुरक्षा निकायको उपस्थितिमा उक्त खोलामा रहेको जलकुम्भी झार सरसफाइ गरिएको हो । उक्त खोलाको जलकुम्भी झार सरसफाइमा नेपाल प्रहरीबाट ४५, सशस्त्र प्रहरी ४७ र नेपाली सेनाबाट ४५ जना जवान खटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सुरक्षाकर्मीले खोलामा रहेको जलकुम्भी झार हटाएपछि स्थानीयबासी खुशी भएका छन् । जिल्लाको अधिकांश खोलाको सरसफाइ नहुदा बर्सेनि पानी ओभर फ्लो भएर नजिकको गाउँबस्तीमा पसेर लाखौको क्षति हुने गरेको बताइएको छ । दुई दिनदेखि अविरल बर्षाले नवलपरासी पश्चिमका अधिकांश भुभाग डुबानमा परेका छन । गतबर्ष रामखण्ड खोला र झरही खोलाको पानीको मुहान रोकिएपछि सदरमुकाम परासी बजार पुर्ण रुपले डुबानमा परेको थियोे । सदरमुकाम परासी बजार यी दुई खोलाको बिचमा रहेको छ । पुर्व दिशा तिर झरही खोला छ भने पश्चिम तिर रामखण्ड खोला रहेको छ । दुबै खोला बजार नजिकै रहेकाले अधिकांश स्थानियबासीले फोहोरवस्तु खोला मै फालिने गरेकाले खोलाको मुहान बन्द भएपछि पानी ओभर फ्लो भएर बजारमा पस्ने गरेको स्थानियले बताउँछन् ।
Discussion about this post