जयकृष्ण यादव/ इनरुवा । सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ५ का सुधिर सादालाई आफ्नो कक्षाको किताव भन्दा वाल साहित्य लुक्षिको माया किताव बढी मन पर्छ ।
कक्षा ३ मा पढ्ने सदालाई आफ्नो विद्यालयको कक्षा कोठामा रहेको किताव कुनाको बाक्लो पन्ना भएको रंगिन किताव नै मन पर्छ । किनकि सदालाई शिक्षकले पढाएको विषयगत शिक्षा र कितवासगै बढी मन पर्ने चित्र पनि भएको र ठूलो अक्षरले लेखिएको सामग्री पठन पनि मन पर्छ ।
यो कार्यक्रम वल्ड बैंकको सहयोगमा वल्र्ड भिजनले सुनसरीको सेभ द अर्थ सुनसरीसंगको सहकार्यमा सुरु गरेको कितव परियोजनाको हो । सोही कार्यक्रममा विद्यालयमा राखिएको किताब कुना कार्यक्रम अन्तरगत बाल साहित्यि किताव र चित्र कथाहरु राखिएकाले सदा सहित अधिकाशं कक्षा १ देखी ३ सम्मका विधार्थीको रोजाईमा परेको होे ।
सेभ द अर्थका किताब परियोजनाका जिल्ला संयोजक धनुष चौधरीका अनुसार विद्यालयमा पठक संस्कृतिको बिकास, बालमैत्री वतावरण, बाल शिक्षामा सहजता, शैक्षिक गुणस्तरमा सुधार ल्याउने, विद्यालयको सामाजिक उत्तरदायित्व सहित किताब कुनाप्रति सबैलाई सजग र सहभागी बन्न अग्रसर गर्ने, विद्यालयमा नियमितता ससिहति सुशासन र पार्दरशिता कायम गर्न मद्दत मिल्ने, विद्यालयको आन्तरिक र बाह्य व्यबस्थापनमा मद्दत मिल्ने, प्रत्येक विद्यालयले आफ्ना केही बाल साहित्य पुस्तक मोवाईल एप मार्फत खरिद गर्ने मिल्ने सहितको उदेश्यले काम गरेको र त्यसको प्रभाव बालबालिकाहरुमा परेको बताए ।
जिल्लामा रहेको कुल ३६५ वटा सामुदायिक विद्यालयहरु मध्ये ३३५ वटा विद्यालयहरुका प्रत्येक कक्षा १ देखी ३ सम्मका विधार्थीका लागि बाल साहित्यि कितावबारेमा पाकिलाका शिक्षा शाखा प्रमुख, शिक्षाका सरोकारबालाहरु ससहित प्रधानाध्यापक र शिक्षकहरुलाई विद्यालयमै गई अभिमुखिकरण सहितका कार्यक्रम गरेको छ । सोही क्रममा दुई वर्षे कार्यक्रममा धेरै बालबाकिलाहरुले त्यसबाट लाभ लिएको भगवती माविका प्रधानाध्यापक गंगा पौडेल बरालले बताईन् । पौडेलका अनुसार आफ्नो विधालयमा आवश्यक पर्ने बाल साहित्य किताब मोवाईल एपबाट खरिद गर्ने तरिका सिकाई र किन्न लगाएको बनाईन । सुनसरीको विद्यालयमा पुस्तक कुना कार्यक्रम अन्र्तगत पुस्तकको पहुँच बिस्तार गरिएको छ । कक्षा एकदेखि तीनसम्मका बालबालिकाहरुको ज्ञानमा अभिवृद्धि र सुधारका लागि विद्यालयहरुमा पुस्तकको पहुँच बिस्तार गरिएको हो ।
सुनसरीको सेभ द अर्थ नामक संस्थाले वल्र्ड भिजनको सहकार्यमा सञ्चालन गरेको किताब परियोजना कार्यक्रमअन्तर्गत पुस्तक पहुँच बिस्तार गरेको हो ।
विद्यालयमा परियोजनामा सहभागी भएका विद्यालयलाई किताब बजार प्लेटफर्मसम्बन्धी अभिमुखीकरण गरेर पुस्तक पहुँच बिस्तार गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।
विद्यालयहरुमा पुस्तक कुना कार्यक्रम सञ्चालन गरेकोमा बालबालिकाहरुलाई बस्न र पढ्नका लागि आरामदायी बस्ने ठाउँसमेत बनाएको र केही ठाउँमा बन्ने क्रम जारी रहेको बताइएको छ ।
पुस्तक कुनाले विद्यालयहरुमा बालबालिकाहरुको लागि उपयुक्त र रोचक किताबहरु तथा शिक्षकहरुको लागि स्रोतहरु सुनिश्चित गरिएको छ ।
बालबालिकाहरुलाई राम्ररी प्रदर्शित पुस्तकहरुमध्ये कुन पढ्नका लागि चयन गर्ने हो, त्यो पूर्णरुपमा स्वतन्त्रता दिएको छ । परियोजनामा कार्यरत महेश चौधरीका अनुसार किताब परियोजनाअन्तर्गत पुस्तक कुनाको फाइदा बालबालिकाहरुलाई पुग्ने भएको छ ।बालबालिकाले पुस्तक कुनाबाट अध्ययन गर्ने बानीको विकास गर्ने र बौद्धिक विकासमा सहयोग गरेको बताएका छन् ।
पुस्तकहरुले बालबालिकाहरुलाई आफ्नो वरिपरिको संसारको ज्ञान दिएको छ भने पढाइमा विधार्थीको शब्द भण्डारको विकास गरेको परियोजनाका अर्का सुपरभाइजर देवी चौधरीले बताएका छन् ।चौधरीका अनुसार जिल्लाको बराहक्षेत्र नगरपालिकाका ३१ वटा विद्यालय, रामधुनी नगरपालिकाका २३, इनरुवा नगरपालिकाका २४, भोक्राहा नरसिंह गाउँपालिकाका १० र कोसी गाउँपालिकाका १२ विद्यालयसहित जिल्लाभरिका तीन सय ३५ विद्यालयमा समूह ए र बी गरेर पुस्तक कर्नर अर्थात् किताब कुना कार्यक्रम सञ्चालन भएको छ ।
परियोजनाले विद्यालयमा सकारात्मक कुराहरूलाई एकअर्कोलाई सेयर गर्ने, बालमैत्री शैक्षिक विकासका लागि समेत प्रयोग हुने परियोजना कितावव परियोजना हो । यसले बालमैत्री विषयहरु समेटिएका सामग्रीहरू छन् । यसले विद्यालयमा बालमैत्री शिक्षण सिकाईका लागि शिक्षकलाई समेत स्रोत सामग्री र तयारी गर्न सहज भएको छ । विधार्थी र शिक्षक सन्देश बालकेन्द्रित सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको छ ।
Discussion about this post