बिराटनगर । बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरी गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवक बजगाईंले जानकारी दिए ।
अन्तरक्रियामा गाउँपालिकाका अध्यक्ष बाल चन्द माझि उपाध्यक्ष अमृता गच्छदार प्रमुख प्रशासकिय अधिकृत डम्मरु बल्लभ बराल , गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेत बुढीगङ्गा रोजगार केन्द्र प्रमुख संगीता घिमिरे लगायतको सहभागिता रहेको थियो ।
अन्तरकृया कार्यक्रममा आफ्ना बिचार राख्दै प्रमुख प्रशासकिय अधिकृत दाहालले आफ्ना गाउँपालिकामा भएका युवा महिला तथा बेरोजगार हरुको बिचार बुझेर उनीहरुलाई सिपमुलक बनाइ आयआर्जन गर्न सघाउ पुर्याउने उद्धेश्यले अन्तकृया कार्यक्रम को आयोजना गरिएको बताए । बिदेश जानेलाइ सिप बिकास तालिम स्वदेशमै उद्धमशिलता गर्न चाहनेलाई सोहि अनुसारको तालिम,गाउँपालिकाका कृषि उपज उत्पादन लाई बजार को ब्यबस्थापनका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको जानकारी दिए ।
त्यस्तै उपप्रमुख अमृता गच्छदारले सामुहिक रुपमा खेति तथा अन्य ब्यबसाय संचालन गर्न सके त्यसले धेरै जनतालाई अर्थ उपार्जन मा सघाउ पुर्याउने र सोका लागि तालिम को व्यबस्था गर्न गाउँपालिका तयार रहेको बताए ।
गाउँपालिका अध्यक्ष बाल चन्द माझि ले स्थानिय सरकार भएको नाता ले स्थानिय जनता को गुनासो को ब्यबस्थापन गर्न आफु सदैब लागेको र यो कार्यक्रम त्यसैको उपज भएको जानकारि दिए । युवाहरु लाई सिप मुलक तालिम दिन गाउँपालिका तयार रहेको र सहभागिहरुको आसा र भरौसालाई गाउँपालिकाले बिश्वासमा बदल्ने बताए ।
सहभागीबाट प्राप्त सुझाव लाइ गाउँपालिकाले आत्मसात गर्दै नयाँ नयाँ रोजगारीको सृजनामा लाग्ने , स्थानिय स्तरमा रहेका उद्योगलाई यहि का जनशक्तिलाई जागिरमा राख्न आग्रह गर्ने , गाउँपालिकाको उत्पादनलाई बजारिकरण गर्ने युवाहरुमा उधमशिलताको बिकास गर्ने कार्यमा गाउँपालिका सदैब जनता को साथ रहेको उदघोष गरे ।
त्यस्तै गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेतले गाउँपालिका संगको सहकार्य मा बैंकहरु काम गर्न उत्सुक रहेको बताए ।
संस्थाका अध्यक्ष बजगाईले स्किल डेभलपमेन्ट सोसाइटी को मुख्य उदेश्य नै युवाहरुलाइ स्वरोजगार बनाउन का लागि बिभिन्न तालिम लगायत का काम गर्दै अघि बढेको जानकारी गराए ।
कार्यक्रममा सहभागि युवाहरुले आफुहरुलाई तालिम दिएर दक्ष बनाए आफु आफ्नै गाउँ टोल मा बसेर काम गर्न तयार रहेको , गाउँपालिकाले स्थानिय उधोगले स्थानिय ब्यक्तिहरु लाई काम मा राखे नराखेको अनुगमन गर्नु पर्ने , कृषकका उत्पादनलाई बजार दिनु पर्ने , युवा का कार्यक्रम लाई गाउँपालिकाले स्थान दिनु पर्ने , बैकहरु सँग सहकार्य गरि अनुदान मा ऋण ब्यबस्था गर्नपर्ने , भुमि युवा र बजारलाई एकीकृत गरि अघि बढेमा आफुहरु लाई धेरै सहयोग पुग्ने बिचार ब्यक्त गरेका थिए ।
Discussion about this post