सन्तोष मेहता/ बिराटनगर ।
प्रदेश १ का समाजिक विकासमन्त्री जयराम यादवले कुष्ठ रोगका बिषयमा समाजमा भएका भ्रम चिर्न थप पहल र प्रयास आवश्यक रहेको बताएको छ ।
६९ औं कुष्ठरोग दिवसको अवसरमा द लेप्रोसी मिशन नेपाल र एशोसिएसन फर आईडिया नेपालले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताइएको हो । उनले समाजमा अझै पनि कुष्ठरोगीहरुलाई हेलाको दृष्टिले हेर्ने र यो रोगका बिषयमा अन्धविश्वासहरुसमेत रहेको बताए । मन्त्री यादवले समाजमा भएका अन्धविश्वास चिर्न सरकार र सरोकारवाला सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताए । उनले कुष्ठरोगबाट ग्रसितहरुलाई उपचारका लागि समेत राज्यपक्षबाट भत्ताको व्यवस्था गर्नुपर्ने विचार ब्यक्त गरेक ा हुन्। मन्त्री यादवले कुष्ठरोगीलाई भत्ताको व्यवस्था गर्न आफूले प्रदेश सरकारका तर्फबाट गर्न सक्नेसम्म प्रयास गर्ने आश्वासनसमेत दिए । मन्त्री यादवले कुष्ठ प्रभावितहरुलाई आत्मनिर्भर बनाउनसमेत आफ्नो प्रयास जारी रहने बताए । कार्यक्रममा बोल्दै द लेप्रोसी मिसन नेपाल प्रदेश-१ का व्यवस्थापक विपिन दासले मिसनले कुष्ठ प्रभावित ब्यक्तिहरुको आर्थिक उन्नयन र उपचारमा सहजीकरण गर्दै आएको बताए । विराटनगरस्थित कोशी अस्पतालमा यसअघिदेखी नै स्थापना गरिएको ल्याप्रोसी यूनिटलाई थप प्रभावकारीरुपमा अगाडी बढाउनसके स्थानियलाई सहज हुने उहाँले बताए । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश-१ का अध्यक्ष नविन ढुंगेलले प्रदेश सरकारबाट अपाङता भएकाहरुको क्षेत्रमा सरकारी बजेट खर्च हुँदै आए पनि आफूहरुले अनुभव गर्न नपाएको गुनासो गरे । मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले कुष्ठरोगले नशा तथा छालामा असर गर्ने भएकाले समयमा उपचार गरिएन भने अंगभंग हुने जोखिम रहने बताए । बर्षदिनसम्म औषधी खाए यो पुणर्रुपमा निको हुने उनले बताए । उनले अहिले मोरङमा १ सय ३१ जना उपचारत रहेकोमा ०७७/०७८ मा १ सय १७ जना विरामी थपिएको तथ्यांक प्रस्तुत गरेका हुन् । मोरङमा ७१ ओटा संघसंस्थामार्फत कुष्ठरोगीलाई सेवा दिइराखिएको उनले बताए । कार्यक्रमबीच सुनवर्षी नगरपालिका-८ का कुष्ठ प्रभावित व्यक्ति अफरोज आलमलाई एकथान सिलाई मेशिन हस्तान्तरण गरिएको थियो । प्रदेश एकमा ३ सय ६५ जना कुष्ठरोगका विरामी उपचारमा छन भने आर्थिक वर्ष २०७७/७८ मा ३ सय ९९ जना थपिएको सम्बन्धित कार्यालयले जनाएको छ । जनवरी ३० लाई प्रत्येक वर्ष विश्व कुष्ठरोग दिवसका रुपमा मनाउने गरिन्छ ।
Discussion about this post