शुभ नारायण यादव /सप्तरी। नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा काेइराला पक्षका रामदेव साह निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न भएको निर्वाचनको बिहीबार सम्पन्न मतगणना अनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । साहले एक हजार १८६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका हुन ।
सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन् ।
सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो ।
Discussion about this post