इनरूवा । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपाली काङ्ग्रेस रामधुनीको पार्टी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो ।
समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सहसंयोजकमा सुमन भट्टराई चयन हुँदा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः हेमन्त चौधरी, सरोज राउत र होम कुमारी चौधरी चयन भएका छन् ।
उक्त कार्यसमितिको सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई, हिना चौधरी, संगीत चौधरी, भुपाल खतिवडा, निसान राई, ज्वती पोखरेल चयन भएका छन् भने सल्लाहकारमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमाला चौधरी र रामन्द चौधरी चयन भएका छन् ।
कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपानी काङ्ग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पार्टीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताउनुभयो । पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाले स्थानीय स्तरमा हुने गरेको विभिन्न प्रकारका गतिविधिलाई निगरानी गरी समाचार लेखन आग्रह समेत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कर्यसमितिका सचिव महेशकुमार चौधरी, वडा नम्बर १ का वडा सदस्य देब राज पोखरेल, प्रेस युनियन सुनसरीका उपध्यक्ष सन्जिप वाग्ले, जिल्ला सदस्य विवेक विवस रेग्मी लगायतको उपस्थिति रहेको थियो।
Discussion about this post