इनरुवा । सुनसरीको भोक्राहा नरसिंह १ मा नेकपा एकिकृत समाजवादीले वडा कमिटी अध्यक्षमा रामसेवक मेहतालाई चयन गरेको छ ।
शुक्रवार भोक्राहामा आयोजित वडा भेला तथा संगठन निर्माण कार्यक्रममा रामसेवक मेहताको अध्यक्षतामा एकसय एकजनाको वडा कमिटी घोषणा गरिएको हो ।
वडाकमिटीको उपाध्याक्षमा रामलाल उराँव, जोगेन यादव सचिवमा लक्ष्मण मेहता उपसचिवमा हिरालाल उराँव र रामप्रसाद सुतिहार रहेका छन ।
यसैगरि सोही भेलाले कौशिला उराँवको अध्यक्षतामा ५१ सदस्य अखिल महिला संध समाजवादीको गठन गरेको छ ।
नवगठित कमिटीका पदाधिकारीसहित सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
भेलालाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केशव तिम्सीनाले आउदो स्थानिय तहको निर्वाचनमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष ओलीको अहकारलाई सडकमा ल्याएर फयाकिदिने बताए ।
उनले चुनावमा गठबन्धन भए संयुक्त रुपमा नभए एकल रुपमा चुनावी मैदानमा जाने तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
, केन्द्रिय परिषद सदस्य किरण कार्की, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य तिर्थ अधिकारी, हिरालाल मेहता, जिल्ला सदस्य कल्पना पोखरेल, प्रकाश कार्की, दिनेश साह, कुसुमलाल उराँव, कलिम अन्सारी, बच्चालाल यादवसहितको सहभागीता रहेको थियो ।
Discussion about this post