सुनसरी । सुनसरी धरान उपमहानगरपालिकामा नेकपा एकिकृत समाजवादीले दुईसातादेखि वडा तथा टोल बस्ती संगठन निर्माण अभियान थालेसगै नेकपा एमाले छाडनेहरुको भिड लाग्न थालेको छ।
धरानका टोल वस्तीमा २०७४ सालको तिनै तहको निर्वाचनपछि राजनितिक दलका नेता कार्यकर्ता फर्किएर स्थानियको घरदैलौमा नगएपछि अधिकाशं एमालेका कार्यकर्ताहरुसगै समर्थकले सो पार्टी छाडदै नेकपा एकिकृत समाजवादीमा समाहित हुन थालेका हुन ।
संगठन निर्माण अभियान लिएर टोल वस्तीमा पुगेका नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको अभियानमा दैनिक एकसय भन्दा बढी एमालेका कार्यकर्ता र समर्थक नेकपा एसमा संगठित हुने क्रम चलेको हो ।
धरान उपमहानगरपालिका ११ नम्बर वडा कमिटीको भेलाले भोलानाथ श्रेष्ठको अध्यक्ष रहेको वडा कमिटी गठन गरेको छ ।
वडाकमिटीको उपाध्यक्षमा गंगा बहादुर श्रेष्ठ, सचिवमा नविना श्रेष्ठ, उपसचिवमा अमीत लिम्बू र पूर्ण बहादुर विश्वकर्मा रहेका छन । पदाधिकारीसहित सहित ४१ सदस्यीय कमिटीलाई नेकपा एसकी केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज सुषमा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।
यसैगरि धरान ४ स्थित हर्दिया र दानावारी स्थित टोल वस्तीमा रहेका सयौ स्थानियहरुको भेलाले जय तामाङको अध्यक्षतामा नेकपा एकिकृत समाजवादीको टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश राई, सचिवमा मणि कुमार राई, उपसचिव सीता मगर चयन भएका छन । नेकपा एसकी केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज जिवन राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै नेकपा एकिकृत समाजवादी अन्य दल भन्दा फरक भएकाले जनताका समस्या प्रति संवेदनशिल बन्दै विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताइन । नम्बर वडा इन्चार्ज कमरेड भीम लामिछानेको अध्यक्षतामा भएकाे भेलामा प्रदेश कमिटि सदस्य कमरेड तारा लामगादे, धरान उपमहानगर अध्यक्ष कमरेड रेवतीरमण राई, सचिव खेम दाहाल उपसचिव रिकेश विश्वकर्मा उपसचिव कमरेड स्वर्णिमहाङ्ग फोम्बो, युवा संघ धरानका अध्यक्ष हिमालजंग खड्का, १७ नम्बर वडा इन्चार्ज . नन्द श्रेष्ठ, १७ नं. वडा अध्यक्ष जगतबहादुर श्रेष्ठ लगायतकाे सहभागीता रहेकाे थियाे ।
टोल भेलालाई नेकपा एसकी केन्द्रिय सदस्य तथा सुनसरी सह इन्चार्ज सुस्मा राई, केन्द्रिय सदस्य जीवन राई, धरान उपमहानगर कमिटी अध्यक्ष रेवतीरमण राई, जिल्ला सदस्य कैलाश अग्रवाल, गोविन्द विक, धरान उपाध्यक्ष पदमा सुब्बा, सचिव खेम दाहाल, सदस्य सागर नेपाली, जीत मगरलगायतको सहभागीता रहेको थियो।
Discussion about this post