शुभ नारायण यादव/ सप्तरी । घर घर जिताउ काङ्ग्रेस जिताउ भन्ने उदेश्यका साथ अगामि चुनावमा काङ्ग्रेस पार्टिलाइ जिताउने अभियान सन्चालन गरेकाे छ । सप्तरीको राजगढ गाउपालिकामा वाड न. ४ का सभापति सत्यनारायण यादवकाे अध्यक्षतामा घर घर जिताऊँ कांग्रेस जिताऊँ कार्यक्रम सम्पन्न भएको हाे । उक्त कार्यक्रममा राजगढ़ गाउपालिकाका सभापति दीपेन्द्र यादवकाे प्रमुख अातिथ्य तथा राजगढ़ गाउपालिकाका अध्यक्ष परमानन्द यादव, राजगढ़ गाउपालिकाकि उपाध्यक्ष पुष्माला कुमारी मंडललगायतका बक्ताहरुले अगामि चुनावमा नेपालि काङ्ग्रेसलाइ विजयि बनाउनुपर्नेमा जाेड दिएका छन । उक्त कार्यक्रममा दीपेन्द्र यादवकाे अगुवाईमा राजगढ गाउपालिका वडा न.४ बेल्हीका विभिन्न पार्टी परित्याग गरि झण्डै चार दर्जन नेता तथा कार्यकर्ता साे पार्टीमा प्रवेश गरेका छन ।
Discussion about this post