जनकपुरधाम । धनुषाको पूर्वी क्षेत्रमा रहेको कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई पहिलो गाँसमै ढुँगा परेको छ ।
मेयर यादवले आफ्ना निकट सल्लाहकारका कारण पदरभार ग्रहण गरेको एक महिना नबित्दै विवादमा तानिएका छन् । उनले नगरपालिकामा एकलौटीवाद लाद्न खोजेपछि विवाद चुलिएको छ ।
मेयर यादवका सल्लाहकारहरुले उनलाई दिने गरेको गलत सल्लाहको कारण उनी चौतर्फी घेरिएका छन् । आफ्नो नीजि स्वार्थ सिद्ध गर्नको लागि उनका सल्लाहकारहरुले पनि नैतिकता बिर्सेर राजनीति थालेपछि मेयरलाई भारी पारिदिएको छ ।
शुक्रबार (जेठ १०) गते कमला नगरपालिकाको नगरसभा गर्दा २६ जना जनप्रतिनीधि उनको विपक्षमा उभिएका छन् । नगरपालिकाकी उपमेयर नै मेयरको विपक्षमा खडा भएकी छन् ।
यसका साथै, कमला नगरपालिका वडा नम्बर ५, ७ र ९ का वडाध्यक्षसहित कुल २६ जना जनप्रतिनीधि कार्यपालिका सदस्यहरुले उपमेयरलाई समर्थन गरेपछि मेयर यादवलाई धौ धौ भएको छ ।
गलत सल्लाहकारको फन्दामा परेका मेयर यादवले आफैँ गलत र सही छुटयाउन सक्ने अवस्था देखिदैनन् । शुक्रबार ल्याएको बजेटमा सिलिँग नै नगरी नीति कार्यक्रम कथित रुपमा सार्वजनिक गरेको उपमेयर शिला देवी मण्डलको आरोप छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुन शिर्षकमा के कति बजेट छुटयाइएको छ भनेर प्रष्ट हुनुपर्नेमा सो प्रष्ट नै नगरी नीति कार्यक्रम ल्याएपछि उपमेयर मण्डलसहित २६ जनप्रतिनीधिले विरोध जनाएको छ ।
“मलाई अनुगमन गर्न जानुपर्छ मेयरलाई होईन, अनुगमनको लागि ९ वटै वडासम्म जानुपर्ने हुन्छ र यो पिक समय हो । हाकिम र मेयरले गाडी चढने र हाम्रो अधिकार त्यतिकै छाड्ने ? हामीहरुको सेवा सुविधा मात्र नभएर शिर्षकगत बजेट नदिए हामी सहभागी हुँदैनौँ ।”– उपमेयर मण्डलले भनिन् ।
कर्मचारीहरुले आफ्नो सेवा सुविधा सुनिश्चित गर्नको लागि नगरसभा पास गराएको आरोप लगाउँदै उपमेयर मण्डलले अहिले आफ्नो अधिकारको लागि मात्र बोलेको बताएकी छन् । जानकारी अनुसार, मेयर यादवका दुई सल्लाहकार छन्, उनी दुवै जनाले आफ्नो स्वार्थ सिद्ध गर्न मात्र मेयर यूज (प्रयोग) गरिरहेका छन् । जसको कारणले विवाद चुलिएको छ ।
मेयर पदको सपथ ग्रहण गरेको एक महिना नबित्दै नगरपालिकाका नागरिकहरु नयाँ मेयरबाट असन्तुष्ट भएका छन् । चुनावको बेला मेयर यादवले भोलापन देखाएपनि अहिले घमण्डले चुर भएको स्थानीयहरु बताउँछन् ।
उनका सल्लाहकार एवम् पिए समेत रहेका गौत्तम (त्रिभुवन) यादव र उनका आफ्नै भाई चन्देश्वर यादवको कारण मेयरको अस्तित्व समेत धरापमा पारेको बताइन्छ । पदीय गर्मी र आफैँलाई सर्व श्रेष्ठ ठानेर मेयरको नामले नगरवासीमा सदभाव बिगार्दै गरेको बताइएको छ ।
एउटा नगरपालिकाको नगर प्रमुख भएर आफैँ निर्णय गर्न नसक्ने भएको भन्दै कमला नगरपालिकामा पुच्छरले गोरुलाई हल्लाएको हल्ला पनि उत्तिकै चलेको छ ।स्राेत: न्युज ब्युराे
Discussion about this post