• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मेयर यादवलाई पहिलो गाँसमै ढुँगा 

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार १२ गते, २२:५१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मेयर यादवलाई पहिलो गाँसमै ढुँगा 
28
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको पूर्वी क्षेत्रमा रहेको कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई पहिलो गाँसमै ढुँगा परेको छ ।
मेयर यादवले आफ्ना निकट सल्लाहकारका कारण पदरभार ग्रहण गरेको एक महिना नबित्दै विवादमा तानिएका छन् । उनले नगरपालिकामा एकलौटीवाद लाद्न खोजेपछि विवाद चुलिएको छ ।
मेयर यादवका सल्लाहकारहरुले उनलाई दिने गरेको गलत सल्लाहको कारण उनी चौतर्फी घेरिएका छन् । आफ्नो नीजि स्वार्थ सिद्ध गर्नको लागि उनका सल्लाहकारहरुले पनि नैतिकता बिर्सेर राजनीति थालेपछि मेयरलाई भारी पारिदिएको छ ।
शुक्रबार (जेठ १०) गते कमला नगरपालिकाको नगरसभा गर्दा २६ जना जनप्रतिनीधि उनको विपक्षमा उभिएका छन् । नगरपालिकाकी उपमेयर नै मेयरको विपक्षमा खडा भएकी छन् ।
यसका साथै, कमला नगरपालिका वडा नम्बर ५, ७ र ९ का वडाध्यक्षसहित कुल २६ जना जनप्रतिनीधि कार्यपालिका सदस्यहरुले उपमेयरलाई समर्थन गरेपछि मेयर यादवलाई धौ धौ भएको छ ।
गलत सल्लाहकारको फन्दामा परेका मेयर यादवले आफैँ गलत र सही छुटयाउन सक्ने अवस्था देखिदैनन् । शुक्रबार ल्याएको बजेटमा सिलिँग नै नगरी नीति कार्यक्रम कथित रुपमा सार्वजनिक गरेको उपमेयर शिला देवी मण्डलको आरोप छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुन शिर्षकमा के कति बजेट छुटयाइएको छ भनेर प्रष्ट हुनुपर्नेमा सो प्रष्ट नै नगरी नीति कार्यक्रम ल्याएपछि उपमेयर मण्डलसहित २६ जनप्रतिनीधिले विरोध जनाएको छ ।
“मलाई अनुगमन गर्न जानुपर्छ मेयरलाई होईन, अनुगमनको लागि ९ वटै वडासम्म जानुपर्ने हुन्छ र यो पिक समय हो । हाकिम र मेयरले गाडी चढने र हाम्रो अधिकार त्यतिकै छाड्ने ? हामीहरुको सेवा सुविधा मात्र नभएर शिर्षकगत बजेट नदिए हामी सहभागी हुँदैनौँ ।”– उपमेयर मण्डलले भनिन् ।
कर्मचारीहरुले आफ्नो सेवा सुविधा सुनिश्चित गर्नको लागि नगरसभा पास गराएको आरोप लगाउँदै उपमेयर मण्डलले अहिले आफ्नो अधिकारको लागि मात्र बोलेको बताएकी छन् । जानकारी अनुसार, मेयर यादवका दुई सल्लाहकार छन्, उनी दुवै जनाले आफ्नो स्वार्थ सिद्ध गर्न मात्र मेयर यूज (प्रयोग) गरिरहेका छन् । जसको कारणले विवाद चुलिएको छ ।
मेयर पदको सपथ ग्रहण गरेको एक महिना नबित्दै नगरपालिकाका नागरिकहरु नयाँ मेयरबाट असन्तुष्ट भएका छन् । चुनावको बेला मेयर यादवले भोलापन देखाएपनि अहिले घमण्डले चुर भएको स्थानीयहरु बताउँछन् ।
उनका सल्लाहकार एवम् पिए समेत रहेका गौत्तम (त्रिभुवन) यादव र उनका आफ्नै भाई चन्देश्वर यादवको कारण मेयरको अस्तित्व समेत धरापमा पारेको बताइन्छ । पदीय गर्मी र आफैँलाई सर्व श्रेष्ठ ठानेर मेयरको नामले नगरवासीमा सदभाव बिगार्दै गरेको बताइएको छ ।
एउटा नगरपालिकाको नगर प्रमुख भएर आफैँ निर्णय गर्न नसक्ने भएको भन्दै कमला नगरपालिकामा पुच्छरले गोरुलाई हल्लाएको हल्ला पनि उत्तिकै चलेको छ ।स्राेत: न्युज ब्युराे

Tags: गाँसमै ढुँगापहिलोमेयर यादवलाई

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist