इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नै कार्यालयमा कार्यरत्त करारका कर्मचारीको म्याद थप नगरि विना कारण कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीले आपति जनाएको छ । गाउँ कमिटीका अध्यक्ष रमेश कुमार यादवले मंगलबार विज्ञप्ती जारी हामी युवा हौं, अन्याय, अत्याचार र भ्रष्टाचार सहन सक्दैनौँ, बिनाकारण करारका कर्मचारी निकाल्न दिनैनौं भन्दै कर्मचारीको पुनरवाहलीको माग गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, यस भोक्राहा नरसिंह गाउँपालिकामा करार तथा ज्यालादारी सेवाका कर्मचारीहरुलाई विना कारण अवकाश दिइएको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यादवद्धारा जारी विज्ञप्तीमा बिना आधार र मापदण्ड पूरा नगरी पूर्वाग्रह र भेदभावपूर्ण रुपमा गरिएको अपारदर्शी निर्णयले थप आशंका उत्पन्न गराएको हुँदा हामी यस्ता गैह्र जम्मेवारपूर्ण निर्णयको सशक्त बिरोध गर्दछौं भनिएको छ । समान प्रक्रियाबाट नियुक्ति पाएका कर्मचारीहरु मध्ये ६ जनालाई मात्र निष्कासन गर्नुपर्ने कारण के हो ? यसले के देखाउँछ भने पार्टी पहँच, प्रभाव र दवाब भएकालाई मात्र थमौती गर्ने, पहुँच बिहिन, आस्था र पक्षधरता अलग भएकालाई छानीछानी निष्कासन गर्ने कार्य गैह्र जिम्मेवार एवं अपरिपक्व निर्णय हो भन्ने हाम्रो ठहर रहेको छ भनिएको छ ।
यादवले विज्ञप्तीमा गाउँपालिकाको अनावश्यक आर्थिक बोझ कम गर्नुपर्छ भन्ने कुरामा हामी गम्भिर छौँ भन्दै एकातिर अनाबश्यक रूपमा गाउँपालिकाको सवारी, गाडी, मोटरसाईकल, स्कूटी लगायतको नाङ्गो दुरूपयोग गरिएको छ भने अर्को तर्फ पाालिका कार्यालय भित्रैबाट फर्नीचर, शोफासेट लगायतका महत्वपूर्ण सामानहरू हराईरहेको लापर्वाहीपूर्ण अवस्था छ भन्ने केही पत्रकारहरुको स्टाटसबाट देखिएको छ । यसको जिम्मेवार को हुने ? यी माथी उल्लेखित कुराहरूका अलावा पालिकाका केही सिमित कर्मचारीहरू कार्यालय समय भित्रै कार्यालयकै पोषाकमा बिभिन्न होटल तथा रेष्टुरेन्टहरूमा मदिरा सेवन गर्ने र सेवाग्राहीहरूको कुनै काम गरिदिए वापत वहाँहरूलाई बिल तिराउने गरेको अत्यन्तै गलत ब्यबहार समेतको गुनासो आईरहेको छ । यस्ता गम्भिर लापरवाही र सार्वजनिक सरोकारको गम्भिर बिषयलाई यथाशिघ्र गाउँवासीहरू समक्ष ल्याउन हामी जोडदार माग गर्दछौ भनिएको छ ।
विज्ञप्तीमा करार कर्मचारीहरुलाई पुनस्थापित गर्ने वा निष्कासन गर्ने अधिकार गाउँपालिकाकै हो तर समान विधि र समान मापदण्ड अपनाउन हामी युवा प्रतिनिधिहरुको जोडदार माग रहेको छ भनिएको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार यी र यस्ता सवालहरुको समयमै सम्बोधन नगरी आलटाल गरि बिषयबस्तुको गम्भीरतालाई आत्मसात नगर्ने हो भने सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं गाउँपालिका हुनुपर्ने समेत जानकारी गराएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले बिनाकारण केही कर्मचारी निकालेको प्रति राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीद्वारा घोर भत््सना समेत गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थपुर्तीका लागि कर्मचारी निकाल्ने काम बन्द गरी नियमित काम गर्ने कर्मचारीहरूलाई यथासिघ्र काममा फर्काउन आग्रह समेत गरिएको छ । यसैबीच नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलले फेसबुक स्टाटस लेख्दैँ कर्मचारीहरु निकालेको विषयप्रति आफ्नो गम्भिर ध्याणकर्षण भएको जनाएको छ ।
अध्यक्ष मण्डलले हटाएको कर्मचारीलाई पुनः बहाली गर्नुपुर्ने माग गदैृ त्यसो नगरे संघर्षमा उत्रिने दाबी गरे ।
Discussion about this post