• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघको आपति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन ३ गते, १९:३८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
भोक्राहा नरसिंहमा कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघको आपति
170
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नै कार्यालयमा कार्यरत्त करारका कर्मचारीको म्याद थप नगरि विना कारण कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीले आपति जनाएको छ । गाउँ कमिटीका अध्यक्ष रमेश कुमार यादवले मंगलबार विज्ञप्ती जारी हामी युवा हौं, अन्याय, अत्याचार र भ्रष्टाचार सहन सक्दैनौँ, बिनाकारण करारका कर्मचारी निकाल्न दिनैनौं भन्दै कर्मचारीको पुनरवाहलीको माग गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, यस भोक्राहा नरसिंह गाउँपालिकामा करार तथा ज्यालादारी सेवाका कर्मचारीहरुलाई विना कारण अवकाश दिइएको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यादवद्धारा जारी विज्ञप्तीमा बिना आधार र मापदण्ड पूरा नगरी पूर्वाग्रह र भेदभावपूर्ण रुपमा गरिएको अपारदर्शी निर्णयले थप आशंका उत्पन्न गराएको हुँदा हामी यस्ता गैह्र जम्मेवारपूर्ण निर्णयको सशक्त बिरोध गर्दछौं भनिएको छ । समान प्रक्रियाबाट नियुक्ति पाएका कर्मचारीहरु मध्ये ६ जनालाई मात्र निष्कासन गर्नुपर्ने कारण के हो ? यसले के देखाउँछ भने पार्टी पहँच, प्रभाव र दवाब भएकालाई मात्र थमौती गर्ने, पहुँच बिहिन, आस्था र पक्षधरता अलग भएकालाई छानीछानी निष्कासन गर्ने कार्य गैह्र जिम्मेवार एवं अपरिपक्व निर्णय हो भन्ने हाम्रो ठहर रहेको छ भनिएको छ ।

यादवले विज्ञप्तीमा गाउँपालिकाको अनावश्यक आर्थिक बोझ कम गर्नुपर्छ भन्ने कुरामा हामी गम्भिर छौँ भन्दै एकातिर अनाबश्यक रूपमा गाउँपालिकाको सवारी, गाडी, मोटरसाईकल, स्कूटी लगायतको नाङ्गो दुरूपयोग गरिएको छ भने अर्को तर्फ पाालिका कार्यालय भित्रैबाट फर्नीचर, शोफासेट लगायतका महत्वपूर्ण सामानहरू हराईरहेको लापर्वाहीपूर्ण अवस्था छ भन्ने केही पत्रकारहरुको स्टाटसबाट देखिएको छ । यसको जिम्मेवार को हुने ? यी माथी उल्लेखित कुराहरूका अलावा पालिकाका केही सिमित कर्मचारीहरू कार्यालय समय भित्रै कार्यालयकै पोषाकमा बिभिन्न होटल तथा रेष्टुरेन्टहरूमा मदिरा सेवन गर्ने र सेवाग्राहीहरूको कुनै काम गरिदिए वापत वहाँहरूलाई बिल तिराउने गरेको अत्यन्तै गलत ब्यबहार समेतको गुनासो आईरहेको छ । यस्ता गम्भिर लापरवाही र सार्वजनिक सरोकारको गम्भिर बिषयलाई यथाशिघ्र गाउँवासीहरू समक्ष ल्याउन हामी जोडदार माग गर्दछौ भनिएको छ ।
विज्ञप्तीमा करार कर्मचारीहरुलाई पुनस्थापित गर्ने वा निष्कासन गर्ने अधिकार गाउँपालिकाकै हो तर समान विधि र समान मापदण्ड अपनाउन हामी युवा प्रतिनिधिहरुको जोडदार माग रहेको छ भनिएको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार यी र यस्ता सवालहरुको समयमै सम्बोधन नगरी आलटाल गरि बिषयबस्तुको गम्भीरतालाई आत्मसात नगर्ने हो भने सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं गाउँपालिका हुनुपर्ने समेत जानकारी गराएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले बिनाकारण केही कर्मचारी निकालेको प्रति राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीद्वारा घोर भत््सना समेत गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थपुर्तीका लागि कर्मचारी निकाल्ने काम बन्द गरी नियमित काम गर्ने कर्मचारीहरूलाई यथासिघ्र काममा फर्काउन आग्रह समेत गरिएको छ । यसैबीच नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलले फेसबुक स्टाटस लेख्दैँ कर्मचारीहरु निकालेको विषयप्रति आफ्नो गम्भिर ध्याणकर्षण भएको जनाएको छ ।
अध्यक्ष मण्डलले हटाएको कर्मचारीलाई पुनः बहाली गर्नुपुर्ने माग गदैृ त्यसो नगरे संघर्षमा उत्रिने दाबी गरे ।

Tags: आपतिकर्मचारीनिकालेकोमाभोक्राहा नरसिंहमाराष्ट्रिय युवासंघको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist