इनरुवा । सुनसरीको बर्जु गाउँपालिका ३ मा घाँस काटेको निउँमा भएको एक महिलाको हत्याका घटनाका बारेमा मानवअधिकारकर्मी र संघसंस्थाले चासो देखाएको छ । विपन्न परिवारका सदस्यलाई अमानवीय तबरले हत्या गरेको भन्दै संघसंस्थाले चासो देखाएका छन् । सुनसरीको बर्जु गाउँपालिका ३ कि २९ वर्षिया चनरदेवी रायलाई सोही ठाउँका ५० वर्षिय रामजतन रायको खेतमा घासँ काटेको आरोपमा रामजतन सहित वहाँकी ४० वर्षिया पत्नी संगिता राय, २२ वर्षिय छोरा मिठु राय र २० वर्षिया छोरी झल्की भन्ने सम्झना राय तथा संगिताका भाई नेपाल प्रहरीमा कार्यरत्त बताउने ३० वर्षिय युवाले सामुहिक रुपमा निर्मम पूर्वक हत्या गरेको थियो ।
साउन २९ गते इन्सेक सहितको संस्थाले घटनास्थलको अवलोकन तथा निरीक्षण गरेको छ । रामजतन र संगिता सहितकाले कुटपीट गरेर गम्भिर बनाएको, पीडितलाई योनीमा हात पसाएर पाठे घर नै बटारिदिएको, त्यसक्रममा चुरा समेत भित्रै पसेर फुटेकाले रक्तश्राब भएकोमा उपचारको लागि कोशी अस्पातलमा भर्ना गरिएकोमा सोही क्रममा मृत्यु भएको घटनाका बारेमा सुनसरीका मानवअधिकारकर्मीहरु, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, महिला मानव अधिकार रक्षक संजाल,आबाज नेपाल, गैरसरकारी संस्था महासंघ सहितका संघसंस्थाहरूले चासो देखाएका छन् । घटना साउन १३ गतेबाट सुरु भई साउन २२ गते चनरदेवी रायको मृत्यु भएको र २४ गते अन्तिम संस्कार भएकोमा अधिकारकर्मीहरुले घटनाको यर्थात जानकारी लिन घटनास्थलको अवलोकन तथा निरीक्षण र पीडित पक्ष सहित प्रत्यक्षदर्शीलाई भेटेर फर्किको छ ।
इन्सेक र ओरेकको अगुवाईमा अधिकारकर्मीहरुले घटनास्थलको अवलोकन तथा निरीक्षण र पीडित पक्षसंग छलफल गर्दा र प्रत्यक्षदर्शीलाई भेट्दा घटना सुनियोजित गरेको, विगत एक वर्ष अघि मोहिको जग्गा ठेक्का र अधियाका बीचमा दुई परिबार बीचमा सामान्य मनमुटाव रहेकोमा पछि रामजतन र संगिताले धाकधम्की दिने, जग्गा छोड्न दबाब दिने, आफूले भने अनुसारको जग्गा नछाडे जति बेला पनि मारिदिने, काटिदिने, माटोमा गाडिदिने चेतावनी दिदै आएकोमा साउन १४ गते राती ८ बजेको समयमा रामजतन सहित उसका सबै परिवारले चनरदेवीको घरबाटै घिसारेर आफ्नो घरको मन्दिरमा लगि बली दिने भन्दै अमानविय व्यवहार गरेको प्रत्यक्षदर्शी लालु रायले बताए ।
मृतककी १० वषिर्या छोरी प्रिती कुमारी रायका अनुसार आमालाई विपक्षीहरुले छिमेकी भएका नाताले घरमै पसी आफ्नो आलीमा घासँ किन काटेको भन्दै घिसारेर मन्दिरमा लगि बली दिने भन्दै तीन जना केटा मान्छे र एक महिला अनि छोरी मान्छेले ढुगांले हानेको थियो, बचाउन बुवा सकलदिप कुमार राय र आफू छेउमा पुग्दा आफूहरुलाई पछि कुटेर सडकमा पुरर्यादिएको थियो ।
आमा माथि भएको अमानविय व्यवहार र वर्वरतापूर्ण हत्या गर्ने सबैलाई हदैसम्मको कार्वाही गर्नुपर्ने छोरी प्रितीको माग रहेको छ । मृतकका पति सकलदिप कुमार रायले आफ्नी पत्नीलाई संगिता र रामजतन सहित उनका छोराछोरीले समेत हत्या गरेको बताए ।
उनले आफ्नी पत्नीको हत्या पछि चार वर्षिय छोरा पंकज कुमार राय र १० वर्षिया छोरी प्रिती टुहुरा भएकाले यस्तो कार्य गर्ने सबै हत्यारालाई जन्मकैद हुनुपर्ने तर्क गरे । मृतककी आमा आशोदेवी रायले सुन्दै पनि घिन लाग्दो काम गर्ने, अमानविय तरिकाले हत्या गर्नेहरुलाई हदैसम्मको कार्वाही गर्नमा र न्यायका लागि पहल गरिदिन अधिकारकर्मी समक्ष आग्रह गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले तत्काल सामान्य सहयोग गरेको र ओरेकका सुनसरी संयोजक शान्ती दनुवारले कानुनी उपचारमा आफूहरुको संख्याले सहयोग गर्ने बताए । महिला मानव अधिकार रक्षक संजालका संयोजक सरस्वती लुईटेल, आबाज नेपाल बिना चौधरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, अधिकारकर्मी सरिता कार्की घिमिरे र कमला खत्वे शर्मा सहितकाले कानुनी उपचारमा सहयोग गर्ने प्रतिबवद्धा व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय दुहवीले पीडक मध्येका संगिता रायलाई गिरफतार गरि कत्वर्य ज्यान शिर्षकमा मुद्धा चलाएको छ । अन्य आरोपीतहरु फरार रहेका छन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले घटनाको बारेमा मुद्धा दर्ता भई थप अनुशंधान भईरहेको प्रतिकृया दिए ।
Discussion about this post