• pradeshpoint
  • Pradeshpoint
Thursday, May 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अमानवीय तबरले हत्या गरेको भन्दै संघसंस्थाले देखाए चासो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन ३१ गते, २१:०३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
अमानवीय तबरले हत्या गरेको भन्दै संघसंस्थाले देखाए चासो
96
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका ३ मा घाँस काटेको निउँमा भएको एक महिलाको हत्याका घटनाका बारेमा मानवअधिकारकर्मी र संघसंस्थाले चासो देखाएको छ । विपन्न परिवारका सदस्यलाई अमानवीय तबरले हत्या गरेको भन्दै संघसंस्थाले चासो देखाएका छन् । सुनसरीको बर्जु गाउँपालिका ३ कि २९ वर्षिया चनरदेवी रायलाई सोही ठाउँका ५० वर्षिय रामजतन रायको खेतमा घासँ काटेको आरोपमा रामजतन सहित वहाँकी ४० वर्षिया पत्नी संगिता राय, २२ वर्षिय छोरा मिठु राय र २० वर्षिया छोरी झल्की भन्ने सम्झना राय तथा संगिताका भाई नेपाल प्रहरीमा कार्यरत्त बताउने ३० वर्षिय युवाले सामुहिक रुपमा निर्मम पूर्वक हत्या गरेको थियो ।
साउन २९ गते इन्सेक सहितको संस्थाले घटनास्थलको अवलोकन तथा निरीक्षण गरेको छ । रामजतन र संगिता सहितकाले कुटपीट गरेर गम्भिर बनाएको, पीडितलाई योनीमा हात पसाएर पाठे घर नै बटारिदिएको, त्यसक्रममा चुरा समेत भित्रै पसेर फुटेकाले रक्तश्राब भएकोमा उपचारको लागि कोशी अस्पातलमा भर्ना गरिएकोमा सोही क्रममा मृत्यु भएको घटनाका बारेमा सुनसरीका मानवअधिकारकर्मीहरु, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, महिला मानव अधिकार रक्षक संजाल,आबाज नेपाल, गैरसरकारी संस्था महासंघ सहितका संघसंस्थाहरूले चासो देखाएका छन् । घटना साउन १३ गतेबाट सुरु भई साउन २२ गते चनरदेवी रायको मृत्यु भएको र २४ गते अन्तिम संस्कार भएकोमा अधिकारकर्मीहरुले घटनाको यर्थात जानकारी लिन घटनास्थलको अवलोकन तथा निरीक्षण र पीडित पक्ष सहित प्रत्यक्षदर्शीलाई भेटेर फर्किको छ ।
इन्सेक र ओरेकको अगुवाईमा अधिकारकर्मीहरुले घटनास्थलको अवलोकन तथा निरीक्षण र पीडित पक्षसंग छलफल गर्दा र प्रत्यक्षदर्शीलाई भेट्दा घटना सुनियोजित गरेको, विगत एक वर्ष अघि मोहिको जग्गा ठेक्का र अधियाका बीचमा दुई परिबार बीचमा सामान्य मनमुटाव रहेकोमा पछि रामजतन र संगिताले धाकधम्की दिने, जग्गा छोड्न दबाब दिने, आफूले भने अनुसारको जग्गा नछाडे जति बेला पनि मारिदिने, काटिदिने, माटोमा गाडिदिने चेतावनी दिदै आएकोमा साउन १४ गते राती ८ बजेको समयमा रामजतन सहित उसका सबै परिवारले चनरदेवीको घरबाटै घिसारेर आफ्नो घरको मन्दिरमा लगि बली दिने भन्दै अमानविय व्यवहार गरेको प्रत्यक्षदर्शी लालु रायले बताए ।
मृतककी १० वषिर्या छोरी प्रिती कुमारी रायका अनुसार आमालाई विपक्षीहरुले छिमेकी भएका नाताले घरमै पसी आफ्नो आलीमा घासँ किन काटेको भन्दै घिसारेर मन्दिरमा लगि बली दिने भन्दै तीन जना केटा मान्छे र एक महिला अनि छोरी मान्छेले ढुगांले हानेको थियो, बचाउन बुवा सकलदिप कुमार राय र आफू छेउमा पुग्दा आफूहरुलाई पछि कुटेर सडकमा पुरर्यादिएको थियो ।
आमा माथि भएको अमानविय व्यवहार र वर्वरतापूर्ण हत्या गर्ने सबैलाई हदैसम्मको कार्वाही गर्नुपर्ने छोरी प्रितीको माग रहेको छ । मृतकका पति सकलदिप कुमार रायले आफ्नी पत्नीलाई संगिता र रामजतन सहित उनका छोराछोरीले समेत हत्या गरेको बताए ।
उनले आफ्नी पत्नीको हत्या पछि चार वर्षिय छोरा पंकज कुमार राय र १० वर्षिया छोरी प्रिती टुहुरा भएकाले यस्तो कार्य गर्ने सबै हत्यारालाई जन्मकैद हुनुपर्ने तर्क गरे । मृतककी आमा आशोदेवी रायले सुन्दै पनि घिन लाग्दो काम गर्ने, अमानविय तरिकाले हत्या गर्नेहरुलाई हदैसम्मको कार्वाही गर्नमा र न्यायका लागि पहल गरिदिन अधिकारकर्मी समक्ष आग्रह गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले तत्काल सामान्य सहयोग गरेको र ओरेकका सुनसरी संयोजक शान्ती दनुवारले कानुनी उपचारमा आफूहरुको संख्याले सहयोग गर्ने बताए । महिला मानव अधिकार रक्षक संजालका संयोजक सरस्वती लुईटेल, आबाज नेपाल बिना चौधरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, अधिकारकर्मी सरिता कार्की घिमिरे र कमला खत्वे शर्मा सहितकाले कानुनी उपचारमा सहयोग गर्ने प्रतिबवद्धा व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय दुहवीले पीडक मध्येका संगिता रायलाई गिरफतार गरि कत्वर्य ज्यान शिर्षकमा मुद्धा चलाएको छ । अन्य आरोपीतहरु फरार रहेका छन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले घटनाको बारेमा मुद्धा दर्ता भई थप अनुशंधान भईरहेको प्रतिकृया दिए ।

Tags: अमानवीयगरेकोतबरले हत्यादेखाए चासोभन्दैसंघसंस्थाले

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist